काठमाडौं – विश्व फुटबलको सर्वोच्च निकाय फिफाले वर्ष २०१९ का लागि दिने उत्कृष्ट पुरुष खेलाडीको अवार्डका लागि उत्कृष्ट १० भित्र इंग्लिस क्लब लिभरपुलकै तीन खेलाडी परेका छन् । जसमा भर्जिल भ्यान डाइक, सडियो माने र मोहम्मद सलाह रहेका छन् ।
गएको वर्षको विजेता स्पेनिस क्लब रियल मड्रिडका लुका मोडरिक यस वर्ष उत्कृष्ट १० मा समेत पर्न सकेनन् । उत्कृष्ट पुरुष खेलाडीको मनोनयनमा विश्व फुटबल स्टार स्पेनिस क्लब बार्सिलोनाका लियोनल मेस्सी र इटालियन क्लब युभेन्टसमा रहेका क्रिष्टियानो रोनाल्डो पनि सामेल छन् ।
राष्ट्रिय टिमका हिसाबले हेर्दा नेदरल्याण्ड्सका तीन खेलाडी उत्कृष्ट १० मा परेका छन् । जसमा भ्यान डाइकसँगै म्याथिज डि लिग्ट र फ्रान्की डि योङ रहेका छन् ।
उत्कृष्ट पुरुष खेलाडीको मनोनयनमा १०, उत्कृष्ट महिला खेलाडी १२, पुरुष टिम प्रशिक्षक १०, महिला टिम प्रशिक्षक १० गरी चार विधाका उत्कृष्टको नाम फिफाले बुधबार बेलुका सार्वजनिक गरेको हो । जसमा समर्थकहरुले अनलाइन भोटिङ गर्न पाउने छन् । अन्तिम नतिजा २३ सेप्टेम्बरमा सार्वजनिक हुनेछ ।
उत्कृष्ट पुरुष खेलाडीको मनोनयनमा
क्रिष्टियानो रोनाल्डो (युभेन्टस, पोर्चुगल)
लियोनल मेस्सी (बार्सिलोना, अर्जेन्टिना)
भर्जिल भ्यान डाइक (लिभरपुल, नेदरल्याण्ड्स)
सडियो माने (लिभरपुल, सेनेगल)
मोहम्मद सलाह (लिभरपुल, इजिप्ट)
इडन हजार्ड (चेल्सी (हाल रियल मड्रिड), बेल्जियम)
केलियन एमबाप्पे (पीएसजी, फ्रान्स)
ह्यारी केन (टोटनह्याम, इंग्ल्याण्ड)
म्याथिज डि लिग्ट (आयाक्स (हाल युभेन्टस), नेदरल्याण्ड्स)
फ्रान्की डि योङ (आयाक्स (हाल बार्सिलोना), नेदरल्याण्ड्स)
उत्कृष्ट महिला खेलाडीको मनोनयनमा

लुसी ब्रोन्ज (इंग्ल्याण्ड, ओलम्पिक लियोनेस)
जुली अट्ज (अमेरिका, सिकागो रेड स्टार)
क्यारोलिन ग्राहम हनसेन (नर्वे, वुल्फ्सवर्ग, हाल बार्सिलोना)
एडा हेजरबर्ग (नर्वे, ओलम्पिक लियोनेस)
एमान्डिन हेनरी (फ्रान्स, ओलम्पिक लियोनेस)
साम केर (अस्टे«लिया, सिकागो रेड स्टार, हाल पर्थ ग्लोरी)
रोज लाभेले (अमेरिका, वासिङ्टन स्प्रिट)
भिभेन मिडेमा (नेदरल्याण्ड्स, आर्सनल)
एलेक्स मोर्गान (अमेरिका, ओर्लान्डो प्राइड)
मेगन रापिनो (अमेरिका, रेजिन एफसी)
वान्डी रेनार्ड (फ्रान्स, ओलम्पिक लियोनेस)
इलेन ह्वाइट (इंग्ल्याण्ड, बर्मिङहम सिटी, हाल म्यानचेस्टर सिटी)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।