काठमाडौं- पार्टी एकता, प्रदेश सरकार गठन लगायतका विषयमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'बीच आज अपराह्न ४ बजे पुनः छलफल हुने भएको छ।
शुक्रबार दुई नेताबीच ३ घन्टासम्म यिनै विषयमा छलफल भएको थियो। पार्टी एकता, प्रदेश सरकार गठन, राष्ट्रियसभा निर्वाचन लगायतका विषयलाई निष्कर्ष दिनेगरी दुवै नेता हिजोदेखि वार्तामा जुटेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।