काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवाले महाधिवेशन टार्ने कार्य गरेको आरोप लगाएका छन्।
महाधिवेशनको कार्यतलिका निश्चित गर्न माग गर्दैै आएका पौडेलले सभापतिले समय घर्काउँदै गएको आरोप लगाएका छन्। बुधबार केन्द्रीय समिति बैठकमा उनले भने, ‘समय घर्काउँदै जाने र समय बितिसकेपछि यही कार्यसमितिलाई मानौं भन्ने परिस्थिति निर्माण गरेर महाधिवेशन टार्ने खेलमा सभापति लागेको महसुस भएको छ।’
बैठकमा पार्टी सभापति देउवा र पौडेलबीच चर्काचर्कीसमेत भएको थियो। आरोप-प्रत्यारोपमा उत्रिएका दुई नेताले एकअर्काको आलोचना गरेका थिए। १४औं महाधिवेशनका लागि कार्यतालिकासहित अन्तरिम संरचनामा जानुपर्ने अडानमा रहेका पौडेलले समय घर्काएर वर्तमान कार्यसमितिलाई लम्ब्याउन चाहेको प्रति आक्रोश व्यक्त गरे।
पार्टी सभापतिले देउवाले भिलेनका रुपमा आफूलाई प्रस्तुत गरिएको भन्दै आपत्ति जनाए। देउवाले ५ वर्ष भित्रैमा महाधिवेशन गर्ने प्रतिवद्धता जनाएका थिए।
नियमावली, पार्टी संरचना गठन, १४औं महाधिवेशनका तयारी लगायतका विषयमा छलफल गर्न डाकिएको बैठकमा अधिकांश नेताले बोलिसेकका छन्।
बुधबार वरिष्ठ नेता पौडेलसहित उपसभापति विमलेन्द्र निधि, उपसभापति विजयकुमार गच्छदार, महामन्त्री पूर्णबहादुर खड्का, सहमहामन्त्री डा प्रकाशशरण महतलगायतले आफ्नो भनाइ राखेका थिए। साथै केन्द्रीय सदस्यहरु कृष्णप्रसाद सिटौला, महेश आचार्य, डा मिनेन्द्र रिजाल, धनराज गुरुङ र शंकर भण्डारीले पनि बुधबारनै आफ्नो धारणा राखेका छन्। (फाइल तस्बिर)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।