नयाँदिल्ली, भारतको निर्वाचन आयोगले २० जना सांसदलाई अयोग्य भएको सिफारिस गरेपछि उनीहरूको सांसद पद खारेज हुने भएको छ। उनीहरु सवै जना भारतमा भ्रष्टाचार विरुद्ध अभियान सञ्चालन गरेको आम आदमी पार्टीका सांसद रहेको समाचार श्रोतले शुक्रबार जनाएको छ।
'निर्वाचन आयोगले २० जना सांसदका विरुद्धमा कारबाहीका लागि सिफारिस गरेको छ। उनीहरु सवै जना दिल्लीका मुख्य मन्त्री अरबिन्द केजरीवालले संसद सचिवालयमा नियुक्त गरेका सांसद हुन्,' श्रोतले भन्यो। प्राप्त सूचना अनुसार सन् २०१५ पछि पार्टी शक्तिमा आएपछि नियुक्त भएका उनीहरुलाई कारबाहीका लागि राष्ट्रपति समक्ष सिफारिस गरिएको छ।
दिल्ली संसदका ती २० जना सदस्यहरू माथि कारबाही भएर सांसद पद खारेज भएमा आम आदमी पार्टीको सरकारलाई ठूलो धक्का लाग्नेछ। दिल्ली संसदका ७० जना सांसदमध्ये आम आदमी पार्टीका मात्रै ६५ जना सांसद रहेका छन्।
अयोग्यताका कारण कारबाहीमा परेर सांसद पद खाली भएमा उनीहरुको ठाँउमा ६ महिना भित्रमा निर्वाचन मार्फत् पदपुर्ति गर्नुपर्ने व्यवस्था रहेको छ।
पूर्व नागरिक अभियन्ताबाट राजनीतिज्ञमा रुपान्तरण भएका केजरीवालले आम आद्मी पार्टीको तर्फबाट होस् वा मुख्य मन्त्रीको रूपमा होस् विकासका बारेमा आवाज उठाउँदै आएका छन्। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।