काठमाडौं- फिल्म 'रोमियो एन्ड मुना'ले आफ्नो प्रदर्शन मिति सारेको छ। निर्धारित मिति फागुन ११ लाई सारेर आउँदो चैत २ गते फिल्म रिलिज हुने भएको हो।
केही प्राविधिक कठिनाइ भएको भन्दै फिल्म युनिटले प्रदर्शन मिति सारेको हो। मिति सार्नुपर्ने बाध्यताका बारेमा फिल्मका निर्माता प्रसन्न गोपाली भन्छन्, ‘हामीले सोचेको समयमा फिल्मको काम सकिएन, त्यसकारण पोस्टपोन्ड गर्न बाध्य भयौं।’ भिएफएक्स र एनिमेसनका काम सोचे जस्तो नभएकाले त्यसका लागि अझ केही समय थप गर्नुपर्ने उनले बताए।
नरेशकुमार केसीको लेखन तथा निर्देशन रहेको फिल्मको टिजर, पोस्टर र दुई वटा गीत सार्वजनिक भइसकेका छन्। फिल्मलाई गोपाली, रोजी श्रेष्ठ र कविन शाक्यले संयुक्त रुपमा निर्माण गरेका हुन्। विनय र सृष्टि श्रेष्ठसँगै फिल्ममा सुष्मा कार्की, प्रज्वल सुजल गिरी, सुरक्षा पन्त लगायत कलाकारको अभिनय रहेको छ।
यसअघि तोकिएको मिति फागुन ११ मा भने सौगात स्टारर फिल्म पञ्चेबाजा प्रर्दशनमा आउँदैछ।
नेपाली सिने नगरीमा चर्चाको प्रेमजोडीका रुपमा रहेका अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठको फिल्म एकसाथ प्रदर्शनमा आउनुलाई दर्शक तथा सिनेकर्मीहरुले प्रेमजोडीको भिडन्तका रुपमा व्याख्या गरेका छन्। तर अब यो प्रेम जोडीलाई त्यस्तो किसिमको गसिपबाट मुक्ति मिलेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।