एजेन्सी- निर्देशक सञ्जय लीला भन्सालीको ‘पद्मावत’लाई भारतीय सर्वोच्च अदालतले प्रदर्शनको अनुमति दिइसकेको छ। अदालतको निर्णयबाट राहत पाएका निर्देशक भन्सालीलाई खुसीको अर्को खबर पनि छ।
फेब्रुअअरी २६ मा प्रदर्शन मिति तोकेको अक्षय कुमारको फिल्म ‘प्याडमेन’ले आफ्नो रिलिज मिति एक हप्तापछाडि सारेको छ। पछिल्लो निर्णयसँगै फेब्रुअरी २६ मा पद्मावत र प्याडमेनको भिडन्त अब नहुने भएको छ।
संयुक्त पत्रकार सम्मेलनमा भन्सालीले आफ्नो एक अनुरोधमा अक्षयले प्याडमेनको रिलिज मिति एक हप्तालाई पछाडि सारे। ‘मेरो एक अनुरोधमा फिल्मको मिति सार्न अक्षयले दुई मिनेटको समय पनि लगाएनन्,’ उनले भने।
केही दिनअघि पद्मावतका निर्माताले अक्षय कुमारसँग यस विषयमा छलफल गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।