काठमाडौ- फर्पिङमा गएराति ना १ ३३७५ नम्बरको टाटा सुमोले स्कुटरलाई ठक्कर दिँदा एक युवतीको ज्यान गएको छ।
राति सवा १० बजे कुलेखानीबाट काठमाडौं आउँदै गरेको सुमोले बा ५७ प ३०७८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक २७ वर्षीया एलिसा भण्डारीको मृत्यु भएको हो। उनी दक्षिणकाली नगरपालिका-६ निवासी हुन्। गम्भीर घाइते उनको उपचारका क्रममा बयोधा अस्पताल बल्खुमा राति साढे २ बजे मृत्यु भएको हो।
दुर्घटनामा अर्का एक घाइते भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।