बिग मुभिजमा ‘फास्ट एन्ड फ्युरिअस : हब्स एन्ड स’को प्रिमियर हुँदै

नेपाल लाइभ | २०७६ श्रावण १५ बुधबार | Wednesday, July 31, 2019 १८:०४:०० मा प्रकाशित

काठमाडौं- हलिउड सिनेमा 'फास्ट एन्ड फ्युरिअस : हब्स एन्ड स’को विशेष प्रिमियर सो बिग मुभिजमा हुने भएको छ। कमलपोखरीस्थित सिटी सेन्टरमा बिहीबार प्रिमियर सो हुने भएको हो। 

युनिभर्सल पिक्चर्स, एप्पल इन्टरटेनमेन्ट र बिग मुभिजको सहकार्यमा प्रिमियर हुन लागेको हो। ‘फास्ट एन्ड फ्युरिअसको हब्स एन्ड स संस्करण शुक्रबारबाट विश्वभर रिलिज हुँदैछ,’ बिग मुभिजका भरत अग्रवाल भने, ‘हामीले युनिभर्सल रिलिजको एक दिनअघि बिहीबार त्यसको एक्सक्लुसिभ प्रिमियर गर्दैछौं।’ 

प्रिमियरमा फिल्म, संगीत, कला, साहित्य, उद्योग–व्यवसाय, सञ्चारलगायत व्यक्तित्वहरुको उपस्थिति हुने बताइएको छ। 

डेबिड लेथान्डद्वारा निर्देशित अमेरिकी एक्सन जन्राको यव  फिल्मको कथा क्रिस मोर्गान र ड्रिउ पिएर्सले लेखेका हुन्। 

यसको वर्ल्ड प्रिमियर भने क्यालिफोर्नियाको लस एन्जलसस्थित डल्बी थिएटरमा जुलाई १३ मा भइसकेको छ।