लहान - ११औँ ‘बलिदानी दिवस’का अवसरमा मधेश आन्दोलनका अगुवा कृष्णबहादुर यादवले शुक्रबार नेत्रदानको घोषणा गरेका छन्।
लहानस्थित सगरमाथा चौधरी आँखा अस्पतालमा सम्झौता गरी यादवले मरणोपरान्त दुवै आँखा दान गर्ने घोषणा गरेका हुन्।
२०६३ माघ २ गते अन्तरिम संविधानको विरोधमा शुरु भएको आन्दोलनका क्रममा लहानमा रमेश महतोको मृत्यु भएको दिन माघ ५ लाई मधेशवादी दलले बलिदानी दिवसका रुपमा मनाउँदै आएका छन् । रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।