मुम्बई (एजेन्सी)– बलिउडका दिग्गज अभिनेता तथा भारतीय जनता पार्टीका सांसद परेश रावलले आफ्नो पहिलो व्यवसायिक हिट फिल्म ‘नाम’ का लागि लेखक सलीम खान र ‘टाइगर जिन्दा हे’ का लागि सलीमका छोरा सलमान खानलाई ठूलो श्रेय दिएका छन्।
अली अब्बास जफर निर्देशित ‘टाइगर जिन्दा हे’ मा परेशले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। उनले फिल्ममा फिरदौज नामक अन्डरवल्र्ड एजेन्टको भूमिका निर्वाह गरेका थिए। विहिबार राती उनले ट्विटमार्फत भने– सलीम साहेबले मलाई करिअरको पहिलो व्यवसायिक हिट फिल्म ‘नाम’ खेल्ने अवसर दिनु भएको थियो। छोरा सलमानले मेरो करिअरकै सबैभन्दा हिट फिल्म ‘टाइगर जिन्दा हे’ मा मौका दिए।
यशराज फिल्म्सले निमार्ण गरेको फिल्मले ३ सय करोड भन्दा बढी कमाई गरिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।