काठमाडौँ – युवा संघ नेपालले शीतलहरबाट प्रभावित सिरहा, महोत्तरी र सप्तरीमा न्यानो कपडा, लत्ताकपडा, कम्बललगायत सामग्री आज पठाएको छ।
प्राकृतिक प्रकोपबाट समस्यामा परेका नागरिकलाई केही सहयोग गर्ने उद्देश्यले संघका अध्यक्ष राजीव पहारीको नेतृत्वमा एक प्रतिनिधिमण्डल आज सिराहा गएको प्रवक्ता प्रभातविक्रम कटुवालले जानकारी दिए।
संघअन्तर्गत विपद् न्यूनीकरण विभागले स्थानीय प्रशासनसँग समन्वय र सहकार्य गरी राहत वितरणमा सहयोग उपलब्ध गराउनेछ ।
संघका अध्यक्ष पहारीले प्रभावित क्षेत्रका पीडितलाई न्यानो कपडा वितरणका लागि विभिन्न राहत सामग्री संकलन गरिएको जानकारी दिँदै शीतलहरबाट प्रभावित तराईवासीलाई न्यूनतम मानवीय आवश्यकता उपलब्ध गराउन सरकारसँग माग गरे। आगामी दिनमा सर्लाहीलगायत प्रभावित क्षेत्रमा पनि सहयोग जुटाइने जनाइएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।