काठमाडौं- बलिउड अभिनेता सलमान खानसहितका कलाकारको आउँदो महिना हुने कार्यक्रमको तयारी चलिरहँदा उनका भाइ सोहेल खान काठमाडौं आएका छन्।
सोहेलले सलमान र अन्य कलाकार काठमाडौंमा आफ्नो प्रस्तुति दिन आतुर रहेको बताए।
टुँडिखेलमा फागुन २६ गतेका लागि तय गरिएको कार्यक्रमबारे विभिन्न आशंका उब्जिएपछि आयोजक ओडिसी इन्टरटेन्मेन्टले सोहेललाई बोलाएर पत्रकार सम्मेलन राखेको हो।
सोहेलको उपस्थितिमा आयोजकले 'टुबोर्ग प्रिजेन्ट दबंग द टुर नेपाल' कार्यक्रम निर्धारित मिति र स्थानमा हुने पक्का गरेको हो।
सोहेलले सलमानसहितको टिमले कार्यक्रममा उत्कृष्ट प्रस्तुति दिने दाबी गर्दै कार्यक्रम सफल हुने विश्वास समेत व्यक्त गरे।
कार्यक्रममा सलमानसँगै 'दबंग टुर' कार्यक्रमका लागि बलिउड अभिनेत्री सोनाक्षी सिन्हा, कृति सेनन, प्रभुदेवा, डेजी शाह, मिट ब्रदर, मनिष पलसहित पाँच दर्जन कलाकार काठमाडौं आउँदै छन्।
भूकम्प र नाकाबन्दीपछि धरासायी बनेको नेपाली पर्यटन क्षेत्रलाई ब्यूँताउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागेको ओडिसी इन्टरटेन्मेन्टले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।