भक्तपुर – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज भएको भेटवार्तामा प्रदेश सरकार र राष्ट्रियसभा गठन तथा पार्टी एकताबारे छलफल भएको छ।
बालकोटस्थित ओली निवासमा करिब तीन घण्टा भएको दुई अध्यक्षको भेटमा कार्यदलको प्रतिवेदन, प्रदेश सरकारको गठन र राष्ट्रियसभा निर्वाचन विषयमा छलफल भएको ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए।
दुई अध्यक्षले राष्ट्रियसभा गठनबारे कार्यदलले दिएको प्रतिवेदनमा छलफल गरेको उनले जानकारी दिए। राष्ट्रियसभाको निर्वाचनमा साझा उम्मेदवार, प्रदेश सरकारको गठन, प्रदेशका मुख्यमन्त्री, सभामुखलगायत विषयमा साझा धारणा बनाएर जानेबारेमा छलफल भएको छ।
छलफलमा पार्टी एकतालाई टुङ्गो पु¥याउन शनिबार दुई अध्यक्षबीच पुनः छलफल गर्दै माघ ७ गते पार्टी एकता संयोजन समितिको बैठक बोलाउने निर्णय भएको छ । गत पुस २६ गते बालकोटमा भएको भेटवार्तापछि एमाले अध्यक्ष ओली स्वास्थ्य परीक्षणका लागि थाइल्याण्ड गएर आएपछि दुई नेताबीच आज छलफल भएको हो। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।