काठमाडौं– सशस्त्र प्रहरी बलले माघ ९ गते स्थापना दिवस मनाउने भएको छ। यसअघि कात्तिक ७ मा स्थापना दिवस मनाउदै आएको थियो।
यो वर्ष माघ ९ गते स्थापना दिवस मनाउन लागिएको सशस्त्र प्रहरी बलका प्रवक्ता डिआईजी बाबुराम पाण्डेले बताए। ‘यसअघि निशान जारी भएको दिनलाई स्थापना दिवसका रुपमा मनाउने गरिएको थियो,’ उनले भने ‘यो वर्ष सशस्त्र प्रहरी ऐन जारी भएको मितिलाई मानेर माघ ९ गते स्थापना दिवस मनाउन लागिएको हो।’ कात्तिक महिनामा चाडपर्व पर्ने भएकाले सधैं स्थापना मनाउने क्रममा समस्या हुने भएकाले सशस्त्र प्रहरीले यो वर्ष माघमा मनाउन लागेको हो।
सशस्त्र प्रहरी बल २०५८ सालमा स्थापना भएको छ। तत्कालिन बिद्रोही माओवादीसँग लडनका लागि सरकारले सशस्त्र प्रहरी बल गठन गरेको थियो। जसले हाल सीमा तथा भिआईपी सुरक्षाको जिम्मेवारी सम्हाल्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।