नयाँ दिल्ली (एजेन्सी)– बलिउड नायिका प्रियंका चोपडा केही वर्षदेखि हलिउडमा आफ्नो भाग्य परिक्षा गरिरहेकी छिन्। यसै सन्दर्भमा उनी अहिले क्वान्टिकोको सुटिङमा व्यस्त पनि छिन्। सुटिङमा उनको नयाँ अवतार देखेर भारतीय दर्शकहरू चकित पर्न थालेका छन्।
हिन्दी फिल्मको तुलनामा केही असहज लाग्ने सिन दिएपछि यतिबेला उनी चर्चाको शिखरमा पनि छिन्। पछिल्लो समय उनी क्वान्टिका सिजन–३ को सुटिङको क्रममा आफ्ना सहयोगी एलन पावेलसँग मस्ती गरिरहेको अवस्थामा देखा परेकी थिइन्।
अमेरिकाको न्युयोर्कस्थित सडकमा सुटिङ भइरहेको बेला उनले एलनलाई चुम्बन गरेको सिन सोसल मिडियामा भाइरल भएको छ। एलनसँगको यो दृश्यपछि सोसल मिडियामा हलचल पनि भएको छ। यो दृश्य सार्वजनिक भएपछि उनका प्रसंसकले यसलाई अफेयरको रुपमा चर्चा गर्न थालेका छन्।
क्वान्टिको सिजन–३ यही अप्रिलदेखि सुरु हुँदैछ। यसको लागि प्रियंकाले निकै मेहनत गरेकी छिन्। बलिउडमा प्रियंका कुनै फिल्ममा पनि सक्रिय छैनन्। तर, उनी निर्देशकको भूमिकामा क्षेत्रीय चलचित्र निमार्णमा व्यस्त छिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।