• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, चैत २२, २०८२ Sun, Apr 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कर्पोरेट

दुर्गममै राजधानी चाहिन्छ : नारायणमान बिजुक्छे [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ शनिबार, माघ ६, २०७४  ०६:०२
1140x725

सरकारले प्रदेशको अस्थायी मुकाम तोक्नेबित्तिकै देशभर आन्दोनल चर्किएको छ। आन्दोलनकारीको निहित उद्देश्य छ, आफ्नो 'घर-आँगन'मै प्रादेशिक राजधानी। राजधानीको बहस उठिरहँदा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे प्रादेशिक राजधानी आफ्नो जिल्ला भक्तपुरमा नहोस् भन्ने मत राखिरहेका छन्। भक्तपुरमा राजधानी राख्न उचित नहुने तर्कसहित सार्वजनिक रुपमै उभिएका उनी एक्ला नेता हुन्।

प्रदेशको अस्थायी राजधानी तोक्दैमा किन आन्दोलन उठिरहेको छ? यसको समाधान के त? यिनै विषयमा बिजुक्छेसँग नेपाल लाइभका हिम विक्रमले गरेको कुराकानी:

सरकारले प्रदेशको अस्थायी राजधानी तोक्नेबित्तिकै आन्दोलन उठ्यो, यसमा तपाईंको धारणा के हो?
सरकारले अस्थायी राजधानी तोकेको हो। अब बस्ने प्रदेश बैठकले दुई तिहाईले सो निर्णयलाई सच्याउन सक्छ। पहिलो कुरा, प्रदेशसभाको बैठक बस्नुपर्यो र निर्णय गर्न दिनुपर्‍यो।
सबैलाई खुकुलो हुनेगरी निर्णय हुन आवश्यक छ। हाम्रो देशमा दुर्गम जिल्लाहरु धेरै छन्। संघीय राज्यको एउटा फाइदा र उद्देश्य भनेको दुर्गम क्षेत्रमा पनि प्रशासनिक संयन्त्र पुग्छ भन्ने हो। सबै सुगम क्षेत्रमा मात्र राख्ने भए दुर्गम कहिले विकास हुने? दुर्गममा राजधानी बस्यो भने विकास, निर्माण र समृद्धि हुन्छ।

अघिल्लो सरकारले अस्थायी राजधानी तोक्न गठन गरेको कार्यदलले उच्च अदालत भएका स्थानमा अस्थायी मुकाम तोक्न सुझाएको थियो। अहिलेको सरकारको निर्णय यसमा कत्तिको जिम्मेवार छ?
सरकारले आफ्नो आँखाले हेर्ने हो, सजिलो सजिलो कुरा गर्ने हो। हामीले रोज्ने भनेको जनतालाई कहाँ राख्दा सुगम हुन्छ भन्ने नै हो। कति जनतालाई फाइदा हुन्छ त्यसरी हेर्ने हो। सुगम मात्र हेर्ने भए काठमाडौंमै ल्याएर सबैको राजधानी राखे भइहाल्यो नि! यहाँ सबै सुगम छ। मोटर चल्छ, हवाईजहाज चल्छ। त्यसकारण सरकारको आँखा र जनताको आँखा धेरै फरक हुन्छ। 

आगजनी र तोडफोडको घटना पनि भइरहेका छन् नि। यसको औचित्य के?
यसमा त घर-जग्गावाला पनि सक्रिय हुन्छन्। आफ्नो ठाउँमा राजधानी बनाउन पाएपछि आफ्नो जग्गा बिक्छ, मूल्य बढ्छ भन्ने सोच छ। नाफाको कुरा आयो नि। पसल राख्ने लगायतका विभिन्न आर्थिक क्रियाकलाप बढ्न भन्ने कुरा हो। ठेक्कापट्टा गर्नेलाई पनि यसमा फाइदा हुन्छ। 

nimb
nimb
Ncell 2
Ncell 2

त्यसैले अब राजनीतिक पार्टीहरुको समाधानका लागि बैठक राख्नु जरुरी छ। प्रतिनिधि पनि निर्वाचित भइसकेको अवस्थामा सामूहिक बैठकले मात्र समस्या समाधानका लागि निर्णय लिन सक्छ।

प्रदेश ३ को अस्थायी राजधानी हेटौंडा तोकिएपछि भक्तपुरमा समेत आन्दोलनको घोषणा गरिएको छ। प्रादेशिक राजधानी बन्न नदिन भूमिका खेलेको भनेर तपाईंमाथि आरोप लगाइएको छ। यसमा के भन्नुहुन्छ?
राजनीतिक पार्टी भएसम्म त्यस्तो त गर्ने नै हुन्छ। पक्ष र विपक्ष हुने नै भयो। व्यक्तिगत रुपमा फाइदा लिन खोज्ने पनि हुन्छन्। सबै काठमाडौंमा ल्याएर राख्ने हो भने त अर्थ नै लागेन नि। जहाँको जनतालाई अप्ठेरो परेको छ, त्यही ठाउँमा सबै सुविधा पुग्नुपर्‍यो भन्ने हिसाबले हेर्नुपर्छ। सन्तुलित विकासलाई ध्यान दिएर हेर्नुपर्‍यो। स्वार्थले होइन।

संघीयतामा कार्यान्वयनको चरणमा जसरी जटिलता देखिँदै छ, यसको समाधान कसरी गर्ने त?
समाधानको उपाय त छलफलबाटै हो। राजधानी यहाँ राखेपछि यति राम्रो, त्यहाँ राखेपछि त्यति नराम्रो भनेर जनतालाई थाहा त दिनुपर्‍यो नि!  जबरजस्ती गरेर समस्या झन् बल्झिन्छ। विश्वविद्यालयमा हाजिरी नै नगरी सुटुक्क पास गर्नुपर्छ, सबैलाई सर्टिफिकेट बाँड्नुपर्छ भन्ने तरिकाले आन्दोलन गरेर उचित होला र?

सबै आन्दोलन सही नै हुन्छ भन्ने होइन। कति आन्दोलन निश्चित स्वार्थका लागि तय हुन्छन्। त्यसलाई भड्काइएको हुन्छ। आफ्नो संगठनलाई विकास गर्नलाई गरेको हुन्छ। त्यो सबै कुरा गम्भीर रुपमा हेर्यो भने ठिक र बेठिक पत्ता लागिहाल्छ।

अहिलेको आन्दोलनमा राजनीतिक दलका केन्द्रीय नेताहरुले समेत समर्थन र अग्रसरता देखाइरहेका छन्। यसले त थप जटिलता निम्तने भयो नि, तपाईको सुझाव के छ?
हामीले आजलाई होइन भविष्यका लागि पनि राजनीति गरेका हौं। सस्तो लोकप्रियताका लागि यति गर्यौं उति गर्यौं भनेर भनियो भने पछि जनताले बुझ्नेछन् कि नेताहरुले नक्कली काम गरेर हामीलाई भड्काएको भन्ने। त्यसैले भड्काउने काम नेताले गर्नुहुन्न। 

तपाईंकै गृह जिल्ला भक्तपुरमा सुरु भएको आन्दोलनप्रति जिल्लावासीलाई के भन्न चाहनुहुन्छ?
यस विषयमा केही पनि भन्न चाहन्न। आफ्नो मात्र हेर्ने होइन, भक्तपुर त देशको सबैभन्दा सानो जिल्ला हो। अरु जिल्लाका जनतालाई पनि सही हुने काम गर्न सक्यौं भने हामीले अरुलाई अन्याय गरेको ठहर्दैन। अर्काको भावना र संवेदनशीलतालाई समेत हेर्नुपर्छ भन्ने मेरो विचार हो। 

प्रकाशित मिति: शनिबार, माघ ६, २०७४  ०६:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रेखा शर्मालाई हिरासतमुक्त गर्न काठमाडौं जिल्ला अदालतको आदेश
शैक्षिक सत्रअघि भर्ना नगर्न र अतिरिक्त शुल्क नउठाउन निर्देशन
शुलभ अग्रवाललाई थप ५ दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले दियो अनुमति
सम्बन्धित सामग्री
ग्लोबल आइएमई बैंकमा किओस्क मेसिनबाटै बैंक खाता खोल्ने सुविधा बैंकले आफ्नो १९औं वार्षिककोत्सवको अवसर पारेर किओस्क मेसिनबाटै खाता खोल्न सकिने सुविधा ल्याएको हो। बिहीबार, माघ १५, २०८२
छैठौं टाइगर कपमा एनसेलको सहकार्य यो प्रतियोगिताले नेपालको प्रिय खेल भलिबलको प्रवद्र्धनमा अर्थपूर्ण योगदान पुर्‍याउनुका साथै स्थानीय तहका युवालाई सशक्त बनाउँदै भविष्य... शुक्रबार, माघ ९, २०८२
एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर अफर अन्तर्गतका मर्चेन्डाइजमा नेपाली राष्ट्रिय क्रिकेट टोलीको जर्सी, रेप्लिका जर्सी, क्रिकेट ट्रयाकसुट तथा क्याप समावेश छ। शुक्रबार, माघ ९, २०८२
ताजा समाचारसबै
रेखा शर्मालाई हिरासतमुक्त गर्न काठमाडौं जिल्ला अदालतको आदेश आइतबार, चैत २२, २०८२
शैक्षिक सत्रअघि भर्ना नगर्न र अतिरिक्त शुल्क नउठाउन निर्देशन आइतबार, चैत २२, २०८२
शुलभ अग्रवाललाई थप ५ दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले दियो अनुमति आइतबार, चैत २२, २०८२
डा. नारायण दत्त कँडेल महान्यायाधिवक्ता नियुक्त आइतबार, चैत २२, २०८२
सभामुख डीपी अर्यालले लिए शपथ आइतबार, चैत २२, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
गुण्डा नाइके सानुभाइ भनिने युवराज गुरुङ पक्राउ आइतबार, चैत २२, २०८२
सरकारी कार्यालयमा साताको दुई दिन बिदा दिने निर्णय, कार्यालय समय ९ देखि ५ सम्म आइतबार, चैत २२, २०८२
कलाकार सागर लम्साल पक्राउ शनिबार, चैत २१, २०८२
विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना समातिए शनिबार, चैत २१, २०८२
राष्ट्रिय सभाको उपाध्यक्षमा एमालेकी लिला भण्डारीको नाम सर्वसम्मत आइतबार, चैत २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
परराष्ट्र मन्त्रालयले भन्यो : ‘इरानको नियन्त्रणमा रहेका अमृत झा सुरक्षित छन्’ शुक्रबार, चैत २०, २०८२
समानुपातिक सूचीको पहिलो नम्बरमा रहँदा पनि सांसद नबनाइएको भन्दै सर्वोच्चमा रिट बुधबार, चैत १८, २०८२
पूर्वप्रधानमन्त्री र पूर्वमन्त्रीहरूको सम्पत्तिमाथि सीआईबीको एक्सन, अनुसन्धानको घेरामा को-को? आइतबार, चैत १५, २०८२
गुण्डा नाइके सानुभाइ भनिने युवराज गुरुङ पक्राउ आइतबार, चैत २२, २०८२
केही सर्त माने अमेरिका र इजरायलसँग युद्ध अन्त्य गर्न इरान तयारः राष्ट्रपति पेजेस्कियान बुधबार, चैत १८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्