सिरिया- सरकारी नियन्त्रणमा नरहेको सिरियाको हामा प्रान्त नजिकै भएको आक्रमणमा परी ३७ जनाको मृत्यु भएको छ।
इद्लीब र हामा प्रान्तको सीमाक्षेत्रमा पर्ने एक स्थानमा सरकारी सुरक्षाकर्मी र जिहादी लडाकुबीच शुक्रबार बिहानैदेखि भिडन्त भएको समाचारमा जनाइएको छ।
अल तामाना क्षेत्रमा अहिले पनि भइरहेको भिडन्तमा परी कम्तीमा ३७ जनाको मृत्यु भएको सिरियन अब्जर भेटरी फर ह्युमन राइटस्ले जनाएको छ। मारिएकामध्ये कम्तीमा २१ जना सर्वसाधारण रहेका मानवअधिकारीवादी संस्थाका प्रमुख रामी अब्देल रहमानले बताए।
ती सर्वसाधारण सरकारको समर्थन गर्दै आएको रसियाको युद्धक विमानको आक्रमणमा मारिएका हुन्।
यस आक्रमणमा केही सैनिक र अल कायदा आबद्ध फतेह अल सामका लडाकु पनि परेका अब्जरभेटरीले जानकारी दिएको छ। तर, उनीहरु के कतिको संख्यामा छन् भन्नेबारे भने केही बताइएको छैन।
अब्जरभेटरीका प्रमुखका रामीका अनुसार सरकारी सेनाको कारबाहीमा एक सातायता सो क्षेत्रमा ४२ सर्वसाधारण र ४८ लडाकु मारिएका छन्। (रासस/एएफपी)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।