टोकियो- जापानको एक परिवारले आफ्ना आफन्तजनलाई उत्तर कोरियाले अपहरण गरेको दाबी गर्दै त्यसका विरुद्ध अदालत जाने बताएको छ।
अपहरण गर्नेको खोजी गर्न र उत्तर कोरियाली नेतालगायत अपहरणका समर्थक समूहलाई सजायको माग गर्दै उक्त जापानी परिवार अन्तर्राष्ट्रिय फौजदारी अदालत जाने बताइएको हो।
शुक्रबार टोकियोमा पत्रकार सम्मेलन गर्दै उक्त जापानी परिवारले आगामी हप्ता फौजदारी अदालतमा मुद्दा दायर गर्ने जानकारी दिएको हो।
जापानी भाषा र संस्कृति जबर्जस्ती सिकाउन खोजेको आरोप लगाउँदै सन् १९७० देखि १९८० सम्म १३ जना जापानीलाई उत्तर कोरियाले अपहरण गरेको उनीहरुको दाबी छ। अपहरणमा परेका जापानी नागरिकमध्ये पाँच जना जापान फर्किएका छन् भने आठ जनाको यसअघि नै मृत्यु भएको जनाइएको थियो।
टोकियोका अनुसार कम्तीमा १७ व्यक्ति उत्तर कोरियामा अपहरणमा परेका थिए। तर, आफन्तजनले भने कम्तीमा पनि ४ सय ७० जना जापानी हराएका अर्थात् उत्तर कोरियामा रहेको अनुमान गरेका छन्। (रासस/सिन्ह्वा)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।