काठमाडौं– पूर्व मिस नेपाल सृष्टि श्रेष्ठ 'लालपुर्जा'मा पर्पला बनेर देखा परेकी छिन्।
फिल्म ‘गाजलु’बाट नेपाली रजतपटमा उदाएकी अभिनेत्री सृष्टिले त्यसयताका फिल्मबाट पनि निकै तारिफ पाएकी छिन्।
बलिउड फिल्म ‘सन्दीप और पिंकी फरार’मा समेत अभिनयको अवसर पाएकी सृष्टि पछिल्लो समय निकै व्यस्त छिन्। रोमियो एन्ड मुना, लाहुरे, बाँध मायाले जस्ता सृष्टि अभिनित फिल्म रिलिजका क्रममा रहेका छन् ।
लालपुर्जा सृष्टिसँगै सौगात मल्ल, विपीन कार्की, कामेश्वर चौरसिया लगायतका कलाकारको अभिनय छ। फिल्म निगम श्रेष्ठले निर्देशन गरेका हुन्। फिल्म शुक्रबारदेखि प्रदर्शनमा आएको छ।


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।