काठमाडौं– बिहिबार राती डिल्लिबजार जेलबाट कैदी भागेका छन्। लुटपाट तथा डकैती मुद्दामा जेल परेका टिकाबहादुर थापा भागेका हुन्।
कैदी कसरी भागे भन्ने अनुसन्धान भइरहेको महानगरीय प्रहरी कार्यालयका एसएसपी पूर्णचन्द्र जोशीले बताए।
प्रहरीकै मिलेमतोमा भागेको हुनसक्ने आशंकामा केही प्रहरीलाई हिरासतमा लिई अनुसन्धान अघि बढाइएको छ। कैदी भागेको डिउटीमा रहेका प्रहरीले बिहान मात्र थाहा पाएका थिए।
महानगरीय प्रहरी कार्यालयले घटनाको अनुसन्धानका लागि छानबिन समिति गठनको तयारी गरेको छ। असईसहित केही प्रहरीलाई नियन्त्रणमा लिइएको छ। आन्तरीक प्रशासनमा काम गर्ने नाइकेहरुमाथि समेत छानबिन थालिएको छ।
जेलबाट भागेका कैदी थापा कुख्यात अपराधी भएको प्रहरीहरु बताउँछ्न।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।