• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक ७, २०८३ Sat, Oct 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

नर्सको आन्दोलन स्थगित, यस्ता छन् सरकारसँगका ११ बुँदे सहमति

64x64
नेपाल लाइभ बिहीबार, माघ ४, २०७४  २१:३७
1140x725

काठमाडौं– नेपाल नर्सिङ संघले विभिन्न ११ वटा माग राखी एक हप्तादेखि गरिरहेको आन्दोलन स्थगित भएको छ । स्वास्थ्य मन्त्रालयमा बिहीवार दिनभर भएको वार्तापछि सहमति भएको हो।

सहमतिपछि नर्सहरुले आन्दोलन स्थगित गरेका हुन्। सहमति कार्यान्वय नहुँदासम्म आन्दोलन फिर्ता नलिने नर्सिङ संघकी कार्यवाहक अध्यक्ष गंगा थापाले बताइन् । मन्त्रालयका तर्फबाट वार्ता टोलीको संयोजन प्रमुख विशेषज्ञ  तथा निमित्त सचिव डा विनोदमान श्रेष्ठले गरेका थिए।

डा श्रेष्ठले  कर्मचारी भर्ना  र निष्काशनमा मानव अंग प्रत्यारोपण केन्द्र व्यवस्थापन पक्षको कमजोरी रहेको बताए। सहमति पछि पत्रकारसँग उनले भने, 'व्यवस्थापकीय कमजोरी देखिएकाले त्यसलार्इ सच्याउन भनिएको छ। कमजोरी गर्नेलार्इ कस्तो कारबाही गर्ने भन्नेमा हामी छलफलमैं छौं। पछि मन्त्रालयले उचित निर्णय लिनेछ ।' सहमतिमा केन्द्रको व्यवस्थापकीय सुधारका लागि मन्त्रालयबाट आवश्यक  निर्णय लिने उल्लेख छ। 

यस्ता छन् माग र सहमति

माग १. मानव अंग प्रत्यारोपण केन्द्रबाट निष्कासन गरिएका नर्सिङ कर्मचारीहरुलाई बिनाशर्त अविलम्ब पुनर्बहाली गरियोस्।

सहमति १– मिति २०७४ साउन ४ देखि मानव अंग प्रत्यारोपण केन्द्रबाट  करार सेवामा रहेका दुई जना स्टाफ नर्सहरु त्रजिना जति र सजना देउलालाई प्रक्रिया नपुगी निष्काशन गएिको र सोही मितिदेखि निजहरु नियमित रुपमा उक्त आन्दोलनमा उपस्थित भइ आन्दोलनरत रहेको देखिएको हुँदा उक्त मितिदेखि हालसम्मको अवधिका लागि निजहरुले यसअघि खाइपाइ आएको मासिक तलब स्केलको ७५ प्रतिशतले हुन आउने रकम उपलब्ध गराउन सिफारिस गर्ने । साथै निज दुई जना र आन्दोलनरत सपना द्धौला समेतलाई २४ घन्टाभित्र उक्त केन्द्रको बोर्डको अधिकार क्षेत्र अनुरुप ३ महिनाका लागि करार सेवामा कामकाज गर्न निर्देशन दिन सिफारिस गर्ने। यस निर्णय मानव अंग प्रत्यारोपण केन्द्रको हकमा मात्र लागू हुने र पछि यसका कुनै नजिर नरहने । केन्द्रको व्यवस्थापकीय सुधारका लागि मन्त्रालयबाट आवश्यक  निर्णय लिने। 

माग २. अधिकारसहितको नर्सिङ सेवा महाशाखा पुनर्स्थापना गरियोस्।

सहमति २ – संघीय तथा प्रदेश मन्त्रालय तहमा नर्सिङ सेवा महाशाखा स्थापना गर्न मन्त्रालय मार्फत सामान्य प्रशासन मन्त्रालयमा लेखी पठाउने र सिफारिसको बोधार्थ नेपाल नर्सिङ संघलाई समेत दिन सिफारिस गर्ने ।

Ncell 2
Ncell 2
nimb
nimb

माग ३. जनतालाई गुणस्तरीय नर्सिङ सेवा दिनका लागि नेपाल सरकारले बनाएको 'नर्स बिरामीको अनुपात' सबै अस्पतालमा यथाशीघ्र लागू गरियोस्।

सहमति ३ – सरकारी स्वास्थ्य संस्थाहरुमा संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्दा स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नती मापदण्ड सम्बन्धि निर्देशिका २०७० बमोजिम नर्स बिरामी अनुपात लागू गर्न सिफारिस गर्ने । सरकारी बाहेकका स्वास्थ्य संस्थाका लागि सोही निर्देशिका बमोजिम नर्स बिरामी अनुपात लागू भएनभएको अनुगमन नियमन गरी लागू नभएको अवस्थामा संस्थाको सञ्चालन अनुमति नवीकरण नगर्ने र संस्थालाई कारबाही गर्न मन्त्रालयलाई सिफारिस गर्ने । 

माग ४. नेपाल सरकारका नर्सहरुलाई उपलब्ध गराइरहेको न्यूनतम तलबभत्ता सरह विभिन्न निजी स्वास्थ्य संस्थामा कार्यरत नर्सलाई पनि तहगत हिसाबबाट उपलब्ध गराइयोस्।

सहमति ४ – सरकारी सरह निजी स्वास्थ्य संस्थामा काम गर्ने नर्सिङ लगायतका अन्य कर्मचारीहरुको न्युनतम पारिश्रमिक निर्धारण गरी लागु गर्ने  सम्बन्धमा पेशाका लागि आवश्यक सिप, योग्यता र कामको जटिलतालाई आधार मानी नर्स तथा स्वास्थ्यकर्मीहरुको पदको पारिश्रमिक तोक्नएवं अन्य सुविधा –लुगा, भत्ता, रात्रीकालिन भत्ता, हाजार्ड भत्ता र विदा सुविधाको व्यवस्था गर्न एवं समयसामयिक वृद्धि गर्न) पेशागत व्यवसाय एवं संघ, संगठन निजी क्षेत्र र मन्त्रालयको प्रतिनीधी रहेको सिफारिस कार्यदल निर्माण गरी उक्त कार्यदलबाट प्राप्त सिफारिसलाई आधार मानी स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नती सम्बन्धि मापदण्ड सम्बन्धि निर्देशिका २०७०मा पारिश्रमिकलाई संस्था सञ्चालनको लागि एक अनिवार्य मापदण्डका रुपमा समावेश गरी १ महिनाभित्र निर्देशिका शंसोधन गरी लागू गर्ने । 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

यसमा, 
क) पहिलो एक हप्ताभित्र मन्त्रालयले प्रस्ताव तयार गर्ने।
ख) तेस्रा हप्तासम्म सरोकारवालाहरुसँग छलफल गरी पारिश्रमिक एवं सुविधा निर्धारण गर्ने। 
ग) १ महिनासम्म मन्त्री परिषद् वैठकबाट निर्देशिका संशोधन गरी लागू गर्ने। 
घ) सुविधाको हकमा नर्सिङ संघबाट पेश भएको देहाय बमोजिमको प्रस्तावलाई छलफलमा राख्ने –लुगा भत्ता रु १५ हजार प्रतिवर्ष रात्रीकालिन भत्ता प्रति रात १ हजार, हाजार्ड भत्ता सुरु स्केलको २५ प्रतिशत प्रति महिना, सुत्केरी विदा ६ महिना गर्ने प्रस्ताव)
ङ) करारका सरह निजी स्वास्थ्य संस्थामा समेत वृत्ति विकासको स्पष्ट मापदण्ड  र पदहरु  सिर्जना गरी  पालना गर्न निर्देशन दिने । 
(नोटः यस बुँदामा नर्सिङ संघको मागको बुँदा ७ समेत सम्बोधन गरिएको)

माग ५. भोलेन्टियरका नाममा भएको नर्सको श्रमशोषण बन्द गरियोस्।

सहमति ५. कुनै पनि सरकारी तथा सरकारी बाहेकका स्वस्थ्य संस्थाहरुमा स्वयंसेवक नर्स निषेध गर्ने तथा यसको तुरुन्त परिपत्र गरी स्वयंसेवक नराख्न निर्देशन दिने सूचना गर्न सिफारिस गर्ने।

माग ६. सार्वजनिक, निजी र साझेदारी क्षेत्रको सहकार्यलाई प्रवर्धन गरी स्कुल तथा उद्योगहरुमा गुणस्तरीय नर्सिङ सेवा पुर्याउने व्यवस्था गरियोस्। 

सहमति ६– सबै किसिमका विद्यालयहरुमा नर्सिङ कर्मचारी राख्ने एवं उद्योगहरुमा नर्सस्वास्थ्यकर्मी राख्ने गरी हाल तर्जुमा भइरहेको राष्ट्रिय स्वास्थ्य नीतिमा समावेस गर्ने।

माग ७. सरकारी तथा निजी क्षेत्रमा कार्यरत नर्सहरुलाई लुगा भत्ता, रात्रिकालीन भत्ता, बिदा सुविधा र जोखिम भत्ता गरी सोही अनुरुप निजी स्वास्थ्य संस्थामा पनि सोही अनुपातमा लागू गरियोस्।

(नोटः यस बुँदामा नर्सिङ संघको मागको सहमति ५ मै सम्बोधन गरिएको छ)

थप सहमति– दुर्गम क्षेत्रमा काम गर्ने नर्सहरुलाई स्वास्थ्य संस्थाको परिसर÷नजिकमा सुरक्षित आवास निर्माण÷मर्मतसम्भार÷भाडा गरी व्यवस्था गर्न सिफारिस गर्ने। साथै दुर्गममा काम गर्ने नसहरुको अध्ययन बिदा सहितको प्रमाणपत्रदेखि नै उच्चशिक्षा अध्ययनका लागि कोटा निर्धारण गर्न सिफारिस गर्ने। अध्ययन÷तालिम पश्चात पुरा गर्नुपर्ने अनिवार्य सेवा (वोन्डिङ) गर्नुपर्ने अवधि बाँकी रहेसम्मका योग्यता पुगेर छनौट भएका सबै कर्मचारी अध्ययन विदाको लागि योग्य हुने व्यवस्था मिलाउन सिफारिस गर्ने। स्नातकोत्तर तहमा नेपालका सरकारी प्रतिष्ठानशिक्षण संस्थामा उच्चशिक्षा अध्ययन गर्न नर्सिङ अध्ययन समेत समावेश गरी छात्रवृत्ति सम्बन्धी निर्देशिका संशोधन गर्न सिफारिस गर्ने।

माग ८. दुर्गममा काम गर्ने नर्सहरुलाई उचित पारिश्रमिक र सुरक्षाको प्रत्याभूति गरियोस्।

सहमति ८– भौगोलिक वर्गिकरणलाई पुनरावलोकन गरी वैज्ञानिक बनाउन र वर्गिकरणको आधारमा ५० प्रतिशतदेखि २०० प्रतिशतसम्म हुनेगरी कर्मचारीहरुलाई दुर्गम भत्ता उपलब्ध गराउन सिफारिस गर्ने। स्वास्थ्य विज्ञान प्रतिष्ठानका नर्सिङ फ्याकल्टिलाई अन्य समान फ्याकल्टि सरह नन् प्राक्टिस भत्ता उपलब्ध गराउन निर्देशन दिन सिफारिस गर्ने।

माग ९. योग्यता पुगेका नर्सिङ कर्मचारीलाई वृत्ति विकासका लागि प्रस्ट खाका तयार गरियोस्।

सहमति ९– स्वास्थ्य सेवाका नर्सहरुको वृत्तिविकास÷बढुवा मापदण्डको कारण विभेद भई लामो समय सेवारत रहि स्तरवृद्धि÷बढुवा हुन नसकेकाहरुको हकमा कार्यसम्पादन मुल्यकांनमा भौगोलिक अंकको आधारलाई वस्तुगत र वृत्तिविकास अनुकुल हुनेगरी पुनरावलोकन गरी संघीयताको सन्दर्भमा भइरहेका कानून तर्जुमा÷संशोधनमा समावेश गर्न तुरुन्त सिफारिस गर्ने । यसका सम्बन्धमा नेपाल नर्सिङ संघले स्वास्थ्य मन्त्रालयमा ३ दिन भित्र सुझाब पेश गर्ने।

माग १०. योग्यता पुगेका अनमीलाई स्टाफ नर्स, स्टाफ नर्सलाई ब्याचलर नर्सिङ, ब्याचलर नर्सिङलाई मास्टर नर्सिङ र मास्टर  नर्सिङलाई पिएचडीसम्म तलबी अध्ययन बिदाको व्यवस्था गरियोस्।

सहमति १०– सरकारी प्रतिष्ठानको सभा, प्राज्ञिक परिषद र कार्यकारी समिति तथा नर्सिङ प्रतिनिधित्व नभएका अस्पताल विकास समितिको बोर्डमा अनिवार्य नर्सिङ प्रतिनिधित्व हुने व्यवस्था मिलाउन सिफारिस गर्ने। यसका साथै स्वास्थ्य अनुसन्धान परिषद जस्ता अन्य सरकारी स्वास्थ्य सम्बन्धी परिषदहरुमा समेत नर्सिङ प्रतिनिधित्व हुने व्यवस्था मिलाउने। नेपाल सरकारका सबै प्रकारका स्वास्थ्य संस्थाहरु/प्रशासनिक निकायहरुमा जेष्ठताको आधारमा प्रमुख हुने व्यवस्था मिलाउने।

माग ११. श्रम ऐन, २०७४ सबै स्वास्थ्य क्षेत्रमा यथाशिघ्र लागू गरियोस्।

सहमति ११– श्रम ऐन, २०७४ जारी भाई लागू भईसकेको हुँदा ऐनका सान्दिर्भिक प्रावधानहरुको अनिवार्य पालना गर्ने र पालना भए÷नभएको अनुगमन गर्न मन्त्रालयलाई सिफारिस गर्ने।

माथि सिफारिस गरिएका बुँदाहरुको सहजिकरण कार्यका लागि नेपाल नर्सिङ संघका अध्यक्ष तथा प्रतिनिधि, जिफन्टका प्रतिनिधि, स्वास्थ्य मन्त्रालयको चिकित्सा सेवा महाशाखा, नीति योजना तथा अन्तराष्ट्रिय सहयोग समन्वय महाशाखा, कर्मचारी प्रशासन महाशाखा, स्वास्थ्य सेवा विभाग तथा नर्सिङ शाखाका प्रतिनिधी रहनेगरी स्वास्थ्य मन्त्रालयबाट कार्यविवरण सहितको कार्यदल निर्माण गर्न सिफारिस गर्ने।

प्रकाशित मिति: बिहीबार, माघ ४, २०७४  २१:३७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु
कस्तो छ आजको मौसम?
ट्रम्पको चेतावनी : इरानमाथि फेरि सैन्य आक्रमण हुन सक्छ
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु शनिबार, कात्तिक ७, २०८३
कस्तो छ आजको मौसम? शनिबार, कात्तिक ७, २०८३
ट्रम्पको चेतावनी : इरानमाथि फेरि सैन्य आक्रमण हुन सक्छ शनिबार, कात्तिक ७, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश शुक्रबार, कात्तिक ६, २०८३
चक्रवातको प्रभावले नेपालमा झरीको सम्भावना, धान नभित्र्याउन मौसमविद्को सुझाव शुक्रबार, कात्तिक ६, २०८३
भारत भ्रमणले राजनीतिक सरगर्मी बढाएसँगै रविको स्पष्टोक्ति– जेलमा रहँदाको भाकल पूरा गर्न जाँदैछु शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्