काठमाडौं– बिहिबार बिहानको करिब चार बजेको थियो। चाबहीलमा मान्छेहरुको आवातजावत सुरु भइसकेको थियो। त्यही क्रममा एक्कासी बच्चा रोएको आवाज सुनियो। कोही त भुत भनेर पनि डराए। चोक नजिकैको फोहोरको थुप्रोबाट बच्चा रोइरहेको आवाज आएको थियो।
बच्चा नै रहेको ठानेर केही व्यक्तिले नजिकैको प्रहरीलाई खबर गरे। प्रहरीले फोहोरमा खोतल्दा त्यहाँ रहेको एक झोलामा नवजात शिशु जिवित भेटिए। प्रहरीले तत्कालै उनलाई अस्पताल पु¥याए।
अन्दाजी करिब ६ दिनको शिशु त्यसरी फोहोरमा फालेको महानगरीय प्रहरी वृत्त गौशलाका इन्सपेक्टर राजकुमार राईले बताए। कोही महिलाले बच्चा फालेको हुनसक्ने र खोजी भइरहेका प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।