• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

सर्वोच्चको आदेशपछि होला त भारतभरि 'पद्मावत' को प्रदर्शन?

64x64
नेपाल लाइभ शुक्रबार, माघ ५, २०७४  ०५:२९
1140x725

नयाँ दिल्ली- सञ्जयलीला भान्साली आफूद्वारा निर्मित बहुचर्चित फिल्म ‘पद्मावती’को नाम परिर्वतन गराएर ‘पद्मावत’ बनाउँदा पनि भारतका सबै प्रदेशमा रिलिज हुन मुस्किल भएपछि सर्वोच्च अदालत पुगे। ४ राज्यमा यो फिल्म रिलिजका लागि प्रतिबन्ध लगाइएपछि उनी वाध्य भएर सर्वोच्च अदालत पुगेका हुन्। निर्माता भन्सालीले सर्वोच्चमा दायर गरेको याचिका (रिट) मा प्रधानन्याधीश दिपक मिश्रको इजलाशले बिहीबार आदेश सुनायो।

मिश्रको इजलाशले भन्यो, ‘भारतीय संविधानको धारा २१ ले दिएको अधिकारमा राज्य सरकारले रोक लगाउन मिल्दैन।’ अदालतको आदेशले राज्य सरकारलाई मात्र नभई केन्द्र सरकार र राजनीतिक दललाई समेत धुमाउरो रुपमा पद्मावतमाथि लागेको प्रतिबन्ध हटाउन भनेको छ। 

अदालतले राज्य सरकारले फिल्म प्रर्दशनमाथि लगाएको रोक असंवैधानिक भएको समेत आदेशमा उल्लेख गरेको छ। सर्वोच्चको फैसलापछि प्रतिबन्ध लगाउने ४ राज्यमा सर्वोच्च अदालतको विरोध सुरु भएको छ। 

यो मुद्दा धार्मिक र सामुदायिकभन्दा पनि अब राजनीतिसँग जोडिएको अदालतको आदेशले संकेत गरेको छ। ४ राज्यका राजपूतहरु आफ्नो पार्टी बाहिर जालान् भन्ने डरले दलहरुले उक्त फिल्मको विरोध गर्दै आएका थिए। तर, बिहीबार सर्वोच्चले फिल्ममाथि प्रतिबन्धन लगाउने अधिकार राज्य सरकारलाई नभएको भनी फैसला सुनाएपछि दलहरु मौन बसेका छन्। खासगरी सरकारको नेतृत्व गरिरहेको भारतीय जनता पार्टी (भाजपा) जो हिन्दू धर्मका आडमा खडा भएको राष्ट्रिय स्वयंसेवक संघबाट निर्माण भएको हो, त्यसले फिल्मको कडा विरोध गर्दै आएको थियो। उसले कुनै पनि समुदायको भावनामाथि ठोस पुग्ने गरी फिल्म निर्माण गर्न नहुने तर्क गर्दै आएको थियो। 

तर, सर्वोच्चको फैसलापछि एकाएक भाजपाका नेताहरु मौन छन्। केन्द्र सरकारको सर्मथन पाएपछि राज्य सरकारले फिल्म चलाउन अनुमति नदिने नोटिस जारी गरेका थिए। सर्वोच्चले भारतीय संविधानको धारा २१ले दिएको स्वतन्त्रताको अधिकार राज्य सरकारको नोटिसले प्रतिबन्ध नलाग्ने फैसला गरेपछि उनीहरु पछाडि हटेका हुन्। 

पार्टीहरु मौन 

त्यस्तै, यो मुद्दाले भाजपा र कांग्रेसमा समेत अप्ठ्यारो पारेको छ। दुवै पार्टीले आफ्ना प्रवक्तालाई कुनै टिप्पणी नर्गन निर्देशन दिएका छन्। तर, कांग्रेसका नेताहरुको भने फरक-फरक टिप्पणी गर्दै आएका छन्। पञ्जावका मुख्यमन्त्री क्याप्टेन अमरिन्दर सिंहले पद्मावतमा ऐतिहासिक तथ्यको तोडमोड गरेका कारण प्रतिबन्ध लगाउनुपरेको दाबी गर्दै आएका थिए। तर, सर्वोच्चको आदेशविरुद्ध अभिव्यक्ति दिएको ठहर हुने भन्दै कांग्रेसका प्रवक्ताले सञ्चार माध्यममा कुनै पनि टिप्पणी नगर्ने बताए।

सर्वोच्चले के भन्यो 

Ncell 2
Ncell 2
nimb
nimb

सर्वोच्चका प्रधानन्यायाधीश दिपक मिश्रको इजलाशले राज्यमा कानुनी व्यवस्था बनाउने जिम्मेवारी राज्यकै भएकाले त्यसको पालना हुनुपर्ने भनेको छ। संविधानको धारा २१ ले जीवन बाँच्ने र आफ्नो अभिव्यक्ति राख्न पाउने अधिकार दिएको तर राज्य सरकारले त्यसमा रोक लगाउन नमिल्ने सर्वोच्चको फैसलामा उल्लेख छ। 'संविधानको धारामा उल्लेख भएको अधिकार रोक्ने दायित्व कसैको छैन।

राज्यको यो दायित्व हो कि, फिल्म निर्माण गर्नेहरुले निर्माण गर्न र हेर्न चाहाना गर्नेले पाउनुपर्छ,’ सर्वोच्चको फैसलामा भनिएको छ, ‘संविधानले रक्षा गरेको अभिव्यक्ति स्वतन्त्रता र सांस्कृतिक अधिकार राज्य सरकारले नोटिस जारी गरी रोक्ने अधिकार राख्दैन।’ 

सर्वोच्चको फैसलापछि करणी सेनाका प्रमुख लोकेन्द्रसिंह कल्वीले सर्वोच्च अदालतले प्रतिबन्ध विरुद्ध आदेश जारी गरे पनि हल मालिकहरुले आफूलाई सोधेर मात्र फिल्म चलाउन पाउने बताए। उनले राजस्थानका हल मालिकहरुको लिखितपत्र आफूसँग रहेको भन्दै अनुमति लिनु अनिवार्य रहेको बताए। उनले जुनसुकै अवस्थामा पद्मावतको प्रर्दशन रोकिने दाबी गरे। 

सर्वोच्चको फैसलापछि राजस्थानको भाजपा नेतृत्वको बसुन्धरा राज्य सरकारले आपतकालीन बैठक बोलाएको थियो। राजस्थान पहिलो राज्य हो, जसले फिल्ममाथि प्रतिबन्ध लगाउन नोटिस जारी गरेको थियो। तर, सर्वोच्चको फैसलापछि भने राज्य सरकार समस्यामा पर्ने देखिन्छ। राजस्थान सरकारले सर्वोच्चले फिल्ममाथिको प्रतिबन्ध हटाउन आदेश जारी गरे पनि आफूसँग केही संवैधानिक अधिकार रहेको दाबी गरेको छ। राजस्थानका गृहमन्त्री गुलावचन्द कटारियाले सर्वोच्चको फैसलापछि अधिकारीहरुसँग छलफल चलिरहेको र यसबारे छिटै निर्णय लिने बताए। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

सर्वोच्चको आदेशपछि हरियाणा राज्यका मन्त्री अनिल विजले आफूहरुको कुरा नसुनी अदालतले आदेश दिएकाले पुनरावलोकनका लागि निवेदन दिने बताए। करणी सेनाका अध्यक्ष सुखदेवसिंह गोगामेडीले पनि सर्वोच्चको संयुक्त इजलाशमा फैसला सच्याउन माग गर्दै निवेदन दिने बताए। 

पद्मावत रिजिलमा राजस्थान, मध्य प्रदेश र गुजरातले प्रतिबन्ध लगाएकोमा मंगलबार मात्रै हरियाणा सरकारले पनि प्रतिबन्ध लगाएको थियो। रणवीर सिंह, दिपीका पदुकोण, शाहिद कपुर लगायतका कलाकारको अभिनय रहेको फिल्म पद्मावतमा राजपूतहरुको ऐतिहासिक पात्रलाई गलत व्याख्या गरिएको भन्दै विरोध सुरु भएको थियो। निर्माणकै चरणमा समेत विवादमा आएको फिल्मको ट्रेलर सार्वजनिक भएपछि झन् विवादमा फसेको थियो। 

किन भइरहेको छ विवाद 

फिल्मले रानी पद्मावतीको चरित्रलाई विवादित भएको आरोप विरोध गर्ने पक्षहरुले लगाएका छन्। 'घुमर' गीतमा समेत रानी पद्मावतीलाई गलत रुपमा प्रस्तुत गरेको र अलाउद्दिन खिलजीसँग शारिरीक संसर्गको दृश्य समेटिएको दाबी राजपूत समुदायको थियो। तर, निर्माताहरुले भने फिल्म नहेरीकन सतहमा गरिएको टिप्पणीका आधारमा राजपूत समुदाय विरोधमा उत्रेको बताउँदै आएका छन्।

धार्मिक गुरु रविशंकरले गरे भन्सालीलाई सर्मथन

पद्मावत निर्माताको पक्ष लिँदै आध्यामिक गुरु श्रीश्री रविशंकरले फिल्ममाथि रोक लगाउनु गलत भएको प्रतिक्रिया दिएका छन्। उनले यो फिल्मप्रति विरोध नभई सर्मथन गरे मात्र रानी पद्मावतीप्रतिको सच्चा श्रद्धाञ्जली हुने बताए। उनले पूरा फिल्म हेरेको जनाउँदै आफूले फिल्ममा कुनै विवादित दृश्य नभेट्टाएको प्रतिक्रिया दिएका हुन्। 

निर्माता भन्साली सर्वोच्चको आदेशपछि फिल्म सबै राज्यमा रिलिज गर्ने तयारीमा छन्। राजपूत र राज्य सरकारले सर्वोच्चको फैसला विरुद्ध पुनरावेदन नगरेमा चार भाषामा एकैपटक फिल्म रिलिज गर्ने निर्माण समूहको तयारी छ। 

(एजेन्सीको सहयोगमा)

प्रकाशित मिति: शुक्रबार, माघ ५, २०७४  ०५:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बैंकमा पैसा थुप्रियो, लगानी र रोजगारी बढ्न सकेन : अञ्जन श्रेष्ठ
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत
सम्बन्धित सामग्री
बडादसैँको चौथो दिन आज कुष्माण्डा देवीको पूजा गरिँदै बडादसैँको चौथो दिन आज नवदुर्गामध्येकी चौथो देवी कुष्माण्डाको विधिपूर्वक पूजा आराधना गरिँदै छ। आश्विन शुक्ल चतुर्थीका दिन कुष्माण्डा... बुधबार, असोज २८, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता एउटै वडाका चार युवाले प्रहरी सेवामा प्रवेशका लागि प्रतिस्पर्धा गर्दै सफलता हासिल गर्नुले स्थानीयस्तरमा शिक्षा, मेहनत र लगनशीलताको चर... मंगलबार, असोज २७, २०८३
जुम्ला आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज... बिहीबार, असोज २२, २०८३
ताजा समाचारसबै
बैंकमा पैसा थुप्रियो, लगानी र रोजगारी बढ्न सकेन : अञ्जन श्रेष्ठ बिहीबार, असोज २९, २०८३
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
सुदूरपश्चिमा एमालेका पूर्वमन्त्रीले दिए सांसद पदबाट राजीनामा बुधबार, असोज २८, २०८३
सुनको मूल्यमा लगातार गिरावट, तोलाको कति ? बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनको काभ्रे भ्रमण : पालाञ्चोक भगवतीमा गरे दर्शन बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्