मेलम्ची– तातोपानीबाट बाह्रबीसेतर्फ आउँदै गरेको ना १ च ९९५० नंको बोलेरो गाडी आज अपराह्न बाह्रबीसे नगरपालिका–६ सखुवास्थित अरनिको राजमार्गमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा बाह्रबीसे– ८ मानेश्वराकी गोमा तामाङ, वडा नंं ६ की पासाङ तामाङ र वडा नंं ९ की समीक्षा गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक मोहनप्रसाद पोखरेलले जानकारी दिए।
अनियन्त्रित भई गाडी दुर्घटना भएको प्रहरीले जनाएको छ । दुई जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा काभे्रपलाञ्चोकको धुलिखेल अस्पतालमा मृत्यु भएको उहाँले जानकारी दिनुभयो । दुर्घटनामा अन्य आठ जना घाइते भएकामासोही अस्पतालमा उपचार भइहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।