नवलपरासी– नवलपरासीमा भएको मोटरसाइकल दुर्घटनामा तीन जना घाइते भएक छन्।
नवलपरासीको देवचुली नगरपालिका–२ मा मोटरसाईकलले पैदलयात्रीलाई ठक्कर दिएको हो । घाईते हुनेमा पैदलयात्री स्थानीय ४० वर्षिया विष्णु वाग्ले,मोटरसाईकल चालक रुपन्देहीको तिलोतमा नगरपालिका–११ वस्ने २० वर्षिय बिश्वाश बस्नेत र मोटरसाईकलमा पछाडि सवार ५ वर्षिय बालक जेनिश थापा रहेका छन् । घाईते मध्ये पैदलयात्री वाग्लेको अवस्था गम्भिर रहेकाले उपचारको लागी पुरानो मेडिकल कलेज भरतपुर पठाइएको छ । अन्य २ जनाको भने प्राथमिक स्वास्थ्यकेन्द्र दुम्कौलीमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय रजहरले जनाएको छ ।
आज दिउँसो साढे १ बजे लु २४ प ३६८९ नम्बरको मोटरसाईकलले पैदलयात्री वाग्लेलाई ठक्कर दिई मोटरसाईकल अनियन्त्रित भई पल्टदा दुर्घटना भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।