धरान– बिहिबार दिउसो धरानमा भएको दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ।
धरान उपमहानगरपालिका–८ मा ट्रिपरले मोटरसाईकललाई ठक्कर दिदां मोटरसाईकल चालक सुनसरीको धरान उपमहानगरपालिका ९ बस्ने ४२ वर्षीय संजु आले मगरको मृत्यु भएको हो। दिउँसो सवा २ बजे को १ ख ६२७१ नम्बरको टिफरले को १८ प ३९६८ नम्बरको मोटरसाईकलाई ठक्कर दिँदा आले मगरको घटनास्थलमै मृत्यु भएको थियो । दुवै सवारी साधन र टिफर चालकलाई नियन्त्रणमा लिइएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।