काठमाडौं- कुमारी बैंकले ‘परिवार सुरक्षा बचत खाता’ नयाँ योजना सार्वजनिक गरेको छ।
परिवारका मुख्य सदस्यले न्यूनतम १० हजारमा खाता खोलेपछि परिवारका अन्य ३ जना सदस्यले पनि २६ लाखसम्मको बिमा सुविधा पाउने गरी बैंकले यो योजना सार्वजनिक गरेको हो। आइतबार पत्रकार सम्मेलन गरी बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले योजना सार्वजनिक गरेका हुन्।
योजनामा कम्तीमा १० हजारको खाता खोल्दा उसका परिवारका अन्य ३ जना सदस्यले पनि बिमाको सुविधा पाउनेछन्। त्यसैगरी सो नयाँ योजनामा खातावाला एक जनाका परिवारका चारै जना सदस्यले स्वास्थ्य उपचारका लागि अस्पताल भर्ना भएमा १ लाखसम्मको औषधि उपचारको बिमा सुविधा पनि उपलब्ध गराउने व्यवस्था गरिएको पनि प्रमुख कार्यकारी अधिकृत भण्डारीले बताए।
यो योजना अन्तर्गत दम्पत्तिलाई १०/१० लाखका दरले २० लाखसम्म आकस्मिक दुर्घटना बिमा हुने व्यवस्था पनि गरिएको बैंकले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।