काठमाडौं– बिहिबार काठमाडौंको जयबागेश्वरीमा भएको दुर्घटनामा स्कुटर चालकको मृत्यु भएको छ।
जयबागेश्वरी चोकमा बा.४ ख ६६०७ नम्बरको टिपरले बा.३९ प ३७८१ नम्बरको स्कुटरलाई बुधबार ठक्कर दिंदा स्कुटर चालक ललितपुरका ७३ वर्षीय पुरुषोत्तमप्रसाद शर्माको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका उनलाई पचारको लागि केएमसी सिनामंगल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। दुवै सवारी साधन र टिपरका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।