• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

मुख्य न्यायाधीशकै इजलास सेटिङ : आफ्नै बुहारीले बहस गर्ने मुद्दामा सुनुवाइ बिनै अन्तरिम आदेश

हेर्न नमिल्ने मुद्दामा कसरी भयो आदेश?
64x64
दुर्गा दुलाल आइतबार, साउन १२, २०७६  १७:१६
1140x725

काठमाडौं- नाता पर्ने व्यक्तिले बहस वा वकालत गरेको मुद्दा न्यायाधीशले हेर्न मिल्दैन। न्यायाधीशको आचारसंहिता र न्याय प्रशासन ऐनले उक्त कुरालाई ‘न्यायिक विचलन’ मानेको छ। प्रत्यक्ष रूपमा स्वार्थ जोडिने र पक्षधरता देखिने भएकाले यस्ता मुद्दा हेर्न नमिल्ने व्यवस्था गरिएको हो। तर पोखरा उच्च अदालतका मुख्य न्यायाधीशले आफ्नै  बुहारीले बहस गर्ने मुद्दामा अन्तरिम आदेश जारी गरेको तथ्य खुलासा भएको छ।

क्षेत्राधिकार नै नभएको एक निजी कम्पनीको अन्तःशुल्क विवादसम्बन्धी मुद्दामा मुख्य न्यायाधीश यज्ञप्रसाद बस्यालले यस्तो आदेश गरेका हुन्। बस्यालले एकाघरको बुहारी पर्ने सर्मिला गौतम बस्याल बहस गर्न आएपछि मुद्दा हेर्न नमिल्ने भएको थियो।

आफैंले पेसी तोकेको उक्त मुद्दा हेर्न नमिल्ने भएपनि उनले त्यसमा आदेशसमेत गरेका थिए। हेर्न नमिल्ने मुद्दामा आदेश गर्नु न्यायिक पद्धतिविपरीत ठहर्छ। हेर्न नमिल्ने भएपछि अन्तरिम आदेश जारी गर्नु न्यायिक स्वार्थ जोडिएको र न्यायिक विचलनमा परेको देखिएको छ।

मुख्य न्यायाधीश बस्याल र न्यायाधीश जीवनहरि अधिकारीको इजलासमा २०७६ असार १ गते परेको पेशीमा उनले न्यायिक विचलनमा परी आदेश गरेको सरकारी वकिलको कार्यालयको बुझाइ रहेको छ। आन्तरिक राजश्व कार्यालय भरतपुरले निर्धारण गरेको अन्तःशुल्क विवादमा क्षेत्राधिकार नै नभएको मुद्दामा मुख्य न्यायाधीशले गल्तीले आदेश गरेको हुन नसक्ने देखिन्छ।


आफ्नै एकाघरको बुहारी बहस गर्न आएको जानकारी मुख्य न्यायाधीश बस्याललाई भएको देखिन्छ। तर उनले हेर्न नमिल्ने भनेको मुद्दामा कसैको बहश नसुनी कसरी अन्तरिम आदेश दिए र एक महिनापछिसम्म लागू हुने पनि कसरी दिए भन्ने प्रश्न उठ्ने देखिन्छ। बस्यालसहितको इजलासले असार ११ गतेसम्म अन्तरिम आदेश निरन्तरता दिने र आफू बाहेकको इजलासमा पेश गर्नू भनी आदेश गरेका छन्।

हेर्न नमिल्ने मुद्दामा अन्तरिम आदेश जारी गर्नु भनेको मुद्दा हेर्नु नै हो। अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा भएको बहसमा कुनै एक पक्षमा निर्णय दिनु्लाई मुद्दा नहेरेको भन्न नमिल्ने सर्वोच्चकै न्यायाधीशको तर्क छ।

‘हेर्न नमिल्ने भनेको मुद्दामा कसरी अन्तरिम जारी हुने वा नहुने निष्कर्ष दिन मिल्छ?’ सर्वोच्चका एक न्यायाधीशले भने, ‘पक्कै पनि न्यायाधीशले नियत नै राखेर त्यसमा आदेश दिएको हुनसक्छ।’

बस्यालकै बुहारी नै यो मुद्दामा संलग्न हुनु र हेर्न नमिल्ने हुदाँहुदै मिति तोकेरै अन्तरिम आदेशले निरन्तरता पाउनु आफैंमा इजलास सेटिङ हो। अदालतबाट मुद्दा सेटिङका लागि मुख्य न्यायाधीशमाथि नै छानबिन हुनुपर्ने ती न्यायाधीशको भनाइ छ।

Ncell 2
Ncell 2
nimb
nimb

करिब ८१ अर्ब राजस्व विवादमा प्रधानन्यायाधीश राणाले दुई दिन अघिमात्र तीन न्यायाधीशमाथि कारबाही गर्न आदेश दिएका थिए। सोही प्रकरणमा मुख्य न्यायाधीश बस्याल नै संलग्न हुन सक्ने आशंका देखिएको छ।

‘बस्यालले हेर्न नमिल्ने मुद्दामा किन अन्तरिम आदेश जारी गरे भन्ने प्रश्न खोजिहुनुपर्ने देखिन्छ,’ महान्यायाधीवक्ता कार्यालय स्रोतले भन्यो, ‘प्रधानन्यायाधीश राणाले तीन न्यायाधीशमाथि अनुसन्धान गर्न आदेश दिएकाले अब मुख्य न्यायाधीशमाथि पनि छानबिन हुनुपर्ने छ।’

न्यायाधीशको आचारसंहिताले पनि उक्त कुरामा रोक लगाएको छ। न्याय परिषद ऐनको दफा ११ विपरीत बस्यालसहित चार न्यायाधीशले न्याय सम्पादन गरेको देखिन्छ। मुख्य न्यायाधीश बस्यालले दफा ११ को उपदफा 'च' र 'छ' विपरीत कार्य सम्पादन गरेकाले खराब आचारण एवं आचारसंहिता उल्लंघनमा छानबिन गरी कारबाही हुनुपर्ने देखिन्छ।

गत मंगलबार प्रधानन्यायाधीश राणाको एकल इजलासले उच्च अदालत पोखरामा कार्यरत तीन न्यायाधीशमाथि अनुसन्धान गर्न आफू अध्यक्ष रहेको परिषद्को नाममा आदेश जारी गरेका थिए।

मंगलबारै प्रधानन्यायाधीश राणाको एकल इजलासले यही प्रकरणमा उच्च अदालत पोखराका न्यायाधीशमा जीवनहरि अधिकारी, नरबहादुर शाही र रामचन्द्र यादवमाथि अनुसन्धान गरी कारबाही गर्न आदेश गरेको थियो। 

सर्वोच्चले उच्च अदालत पोखराबाट जारी भएको आदेश कार्यान्वयन नगर्न र उच्च अदालतको सो आदेशको प्रतिलिपि झिकाउन पनि आदेश गरेको थियो। उच्च अदालतले चितवनको भरतपुरस्थित आन्तरिक राजश्व कार्यालयका नाममा उक्त कम्पनीसँग कर असुल गर्न पनि बाटो खोलेको छ।

यसअघि उच्च अदालत पोखराले क्षेत्राधिकारमा नै नपरेको उक्त मुद्दामा अन्तरिम आदेश जारी गरेको थियो। प्रदेश ३ को कर विवादमा प्रदेश ४ मा पर्ने उच्च अदालतले रिट क्षेत्राधिकार ग्रहण गर्दै आदेश गरेको थियो।

राजश्व विवाद प्रशासनिक पुनरवलोकन हुँदै राजश्व न्यायाधिकरणमा आउनुपर्नेमा सिधै क्षेत्राधिकार नभएको उच्च अदालत पोखरामा रिट दर्ता भएको थियो।

उक्त विवादमा यादवको एकल इजलासले सुरुमा अन्तरिम आदेश गरेको थियो। उक्त आदेशलाई अधिकारी र शाहीको इजलाशले निरन्तरता दिएको थियो। यससम्बन्धी विवाद सर्वोच्चमा विचाराधीन भएको भन्दै सो इजलासले उक्त फैसला नभएसम्म सुनुवाई नगर्ने भन्दै अन्तःशुल्क उठाउने बाटो बन्द गरिदिएको थियो।

'मुख्यसहित चार न्यायाधीशमाथि छानबिन हुन्छ'
न्याय परिषद स्रोतले यो प्रकरणमा संलग्न सबैमाथि छानबिन हुने बताएको छ। तीन न्यायाधीशमाथि अनुसन्धान गर्न यसअघि नै सर्वोच्चबाट आदेश भएकोले यसमा संलग्न जोसकैलाई पनि परिषदले छानबिन समिति निर्माण गरेर अनुसन्धान गर्ने स्रोतले बताएको छ।

न्यायिक विचलनमा कसैलाई पनि उन्मुक्ति दिन नमिल्ने भएकाले परिषदले अध्ययन समिति निर्माण गरेर छानबिन गर्दै दोषी देखिए कारबाही हुने परिषदका एक सदस्यले बताए।

सम्बन्धित समाचार:
प्रधानन्यायाधीश राणाले दिए उच्च अदालतका तीन न्यायाधीशमाथि अनुसन्धान गर्न आदेश

प्रकाशित मिति: आइतबार, साउन १२, २०७६  १७:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
राष्ट्रसंघको महासभामै इरानलाई ट्रम्पले दिए धम्की : सम्झौतामा नआए सर्वनास गरिदिने चेतावनी मंगलबार, असोज ६, २०८३
बालेनलाई रविको शुभकामना : ‘राष्ट्रिय हितका विषय अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा राख्नुहोस्’ मंगलबार, असोज ६, २०८३
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? मंगलबार, असोज ६, २०८३
आफूलाई प्रहरी बताउँदै धम्की दिएर स्वास्थ्य क्लिनिकबाट रकम असुल्ने दुई जना पक्राउ मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्