• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, मंसिर २५, २०८२ Thu, Dec 11, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

मुख्य न्यायाधीशकै इजलास सेटिङ : आफ्नै बुहारीले बहस गर्ने मुद्दामा सुनुवाइ बिनै अन्तरिम आदेश

हेर्न नमिल्ने मुद्दामा कसरी भयो आदेश?
64x64
दुर्गा दुलाल आइतबार, साउन १२, २०७६  १७:१६
1140x725

काठमाडौं- नाता पर्ने व्यक्तिले बहस वा वकालत गरेको मुद्दा न्यायाधीशले हेर्न मिल्दैन। न्यायाधीशको आचारसंहिता र न्याय प्रशासन ऐनले उक्त कुरालाई ‘न्यायिक विचलन’ मानेको छ। प्रत्यक्ष रूपमा स्वार्थ जोडिने र पक्षधरता देखिने भएकाले यस्ता मुद्दा हेर्न नमिल्ने व्यवस्था गरिएको हो। तर पोखरा उच्च अदालतका मुख्य न्यायाधीशले आफ्नै  बुहारीले बहस गर्ने मुद्दामा अन्तरिम आदेश जारी गरेको तथ्य खुलासा भएको छ।

क्षेत्राधिकार नै नभएको एक निजी कम्पनीको अन्तःशुल्क विवादसम्बन्धी मुद्दामा मुख्य न्यायाधीश यज्ञप्रसाद बस्यालले यस्तो आदेश गरेका हुन्। बस्यालले एकाघरको बुहारी पर्ने सर्मिला गौतम बस्याल बहस गर्न आएपछि मुद्दा हेर्न नमिल्ने भएको थियो।

आफैंले पेसी तोकेको उक्त मुद्दा हेर्न नमिल्ने भएपनि उनले त्यसमा आदेशसमेत गरेका थिए। हेर्न नमिल्ने मुद्दामा आदेश गर्नु न्यायिक पद्धतिविपरीत ठहर्छ। हेर्न नमिल्ने भएपछि अन्तरिम आदेश जारी गर्नु न्यायिक स्वार्थ जोडिएको र न्यायिक विचलनमा परेको देखिएको छ।

मुख्य न्यायाधीश बस्याल र न्यायाधीश जीवनहरि अधिकारीको इजलासमा २०७६ असार १ गते परेको पेशीमा उनले न्यायिक विचलनमा परी आदेश गरेको सरकारी वकिलको कार्यालयको बुझाइ रहेको छ। आन्तरिक राजश्व कार्यालय भरतपुरले निर्धारण गरेको अन्तःशुल्क विवादमा क्षेत्राधिकार नै नभएको मुद्दामा मुख्य न्यायाधीशले गल्तीले आदेश गरेको हुन नसक्ने देखिन्छ।


आफ्नै एकाघरको बुहारी बहस गर्न आएको जानकारी मुख्य न्यायाधीश बस्याललाई भएको देखिन्छ। तर उनले हेर्न नमिल्ने भनेको मुद्दामा कसैको बहश नसुनी कसरी अन्तरिम आदेश दिए र एक महिनापछिसम्म लागू हुने पनि कसरी दिए भन्ने प्रश्न उठ्ने देखिन्छ। बस्यालसहितको इजलासले असार ११ गतेसम्म अन्तरिम आदेश निरन्तरता दिने र आफू बाहेकको इजलासमा पेश गर्नू भनी आदेश गरेका छन्।

हेर्न नमिल्ने मुद्दामा अन्तरिम आदेश जारी गर्नु भनेको मुद्दा हेर्नु नै हो। अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा भएको बहसमा कुनै एक पक्षमा निर्णय दिनु्लाई मुद्दा नहेरेको भन्न नमिल्ने सर्वोच्चकै न्यायाधीशको तर्क छ।

‘हेर्न नमिल्ने भनेको मुद्दामा कसरी अन्तरिम जारी हुने वा नहुने निष्कर्ष दिन मिल्छ?’ सर्वोच्चका एक न्यायाधीशले भने, ‘पक्कै पनि न्यायाधीशले नियत नै राखेर त्यसमा आदेश दिएको हुनसक्छ।’

बस्यालकै बुहारी नै यो मुद्दामा संलग्न हुनु र हेर्न नमिल्ने हुदाँहुदै मिति तोकेरै अन्तरिम आदेशले निरन्तरता पाउनु आफैंमा इजलास सेटिङ हो। अदालतबाट मुद्दा सेटिङका लागि मुख्य न्यायाधीशमाथि नै छानबिन हुनुपर्ने ती न्यायाधीशको भनाइ छ।

Ncell 2
Ncell 2

करिब ८१ अर्ब राजस्व विवादमा प्रधानन्यायाधीश राणाले दुई दिन अघिमात्र तीन न्यायाधीशमाथि कारबाही गर्न आदेश दिएका थिए। सोही प्रकरणमा मुख्य न्यायाधीश बस्याल नै संलग्न हुन सक्ने आशंका देखिएको छ।

‘बस्यालले हेर्न नमिल्ने मुद्दामा किन अन्तरिम आदेश जारी गरे भन्ने प्रश्न खोजिहुनुपर्ने देखिन्छ,’ महान्यायाधीवक्ता कार्यालय स्रोतले भन्यो, ‘प्रधानन्यायाधीश राणाले तीन न्यायाधीशमाथि अनुसन्धान गर्न आदेश दिएकाले अब मुख्य न्यायाधीशमाथि पनि छानबिन हुनुपर्ने छ।’

न्यायाधीशको आचारसंहिताले पनि उक्त कुरामा रोक लगाएको छ। न्याय परिषद ऐनको दफा ११ विपरीत बस्यालसहित चार न्यायाधीशले न्याय सम्पादन गरेको देखिन्छ। मुख्य न्यायाधीश बस्यालले दफा ११ को उपदफा 'च' र 'छ' विपरीत कार्य सम्पादन गरेकाले खराब आचारण एवं आचारसंहिता उल्लंघनमा छानबिन गरी कारबाही हुनुपर्ने देखिन्छ।

गत मंगलबार प्रधानन्यायाधीश राणाको एकल इजलासले उच्च अदालत पोखरामा कार्यरत तीन न्यायाधीशमाथि अनुसन्धान गर्न आफू अध्यक्ष रहेको परिषद्को नाममा आदेश जारी गरेका थिए।

मंगलबारै प्रधानन्यायाधीश राणाको एकल इजलासले यही प्रकरणमा उच्च अदालत पोखराका न्यायाधीशमा जीवनहरि अधिकारी, नरबहादुर शाही र रामचन्द्र यादवमाथि अनुसन्धान गरी कारबाही गर्न आदेश गरेको थियो। 

सर्वोच्चले उच्च अदालत पोखराबाट जारी भएको आदेश कार्यान्वयन नगर्न र उच्च अदालतको सो आदेशको प्रतिलिपि झिकाउन पनि आदेश गरेको थियो। उच्च अदालतले चितवनको भरतपुरस्थित आन्तरिक राजश्व कार्यालयका नाममा उक्त कम्पनीसँग कर असुल गर्न पनि बाटो खोलेको छ।

यसअघि उच्च अदालत पोखराले क्षेत्राधिकारमा नै नपरेको उक्त मुद्दामा अन्तरिम आदेश जारी गरेको थियो। प्रदेश ३ को कर विवादमा प्रदेश ४ मा पर्ने उच्च अदालतले रिट क्षेत्राधिकार ग्रहण गर्दै आदेश गरेको थियो।

राजश्व विवाद प्रशासनिक पुनरवलोकन हुँदै राजश्व न्यायाधिकरणमा आउनुपर्नेमा सिधै क्षेत्राधिकार नभएको उच्च अदालत पोखरामा रिट दर्ता भएको थियो।

उक्त विवादमा यादवको एकल इजलासले सुरुमा अन्तरिम आदेश गरेको थियो। उक्त आदेशलाई अधिकारी र शाहीको इजलाशले निरन्तरता दिएको थियो। यससम्बन्धी विवाद सर्वोच्चमा विचाराधीन भएको भन्दै सो इजलासले उक्त फैसला नभएसम्म सुनुवाई नगर्ने भन्दै अन्तःशुल्क उठाउने बाटो बन्द गरिदिएको थियो।

'मुख्यसहित चार न्यायाधीशमाथि छानबिन हुन्छ'
न्याय परिषद स्रोतले यो प्रकरणमा संलग्न सबैमाथि छानबिन हुने बताएको छ। तीन न्यायाधीशमाथि अनुसन्धान गर्न यसअघि नै सर्वोच्चबाट आदेश भएकोले यसमा संलग्न जोसकैलाई पनि परिषदले छानबिन समिति निर्माण गरेर अनुसन्धान गर्ने स्रोतले बताएको छ।

न्यायिक विचलनमा कसैलाई पनि उन्मुक्ति दिन नमिल्ने भएकाले परिषदले अध्ययन समिति निर्माण गरेर छानबिन गर्दै दोषी देखिए कारबाही हुने परिषदका एक सदस्यले बताए।

सम्बन्धित समाचार:
प्रधानन्यायाधीश राणाले दिए उच्च अदालतका तीन न्यायाधीशमाथि अनुसन्धान गर्न आदेश

प्रकाशित मिति: आइतबार, साउन १२, २०७६  १७:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
आज यस्तो रहनेछ देशभरको मौसम बिहीबार, मंसिर २५, २०८२
सरकार जेनजी सम्झौता : सुदनलाई मेरो जेठो छोरो भन्दै प्रधानमन्त्रीले दिइन् धन्यवाद बुधबार, मंसिर २४, २०८२
सरकार र जेनजीबिच भएको सहमतिका यी हुन् दश बुँदा :  ‘नो भोट’ देखि सम्पत्ति छानबिनसम्म (पूर्णपाठ) बुधबार, मंसिर २४, २०८२
जेनजी आन्दोलनलाई सरकारले दियो जनआन्दोलनको मान्यता बुधबार, मंसिर २४, २०८२
काठमान्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायर बुधबार, मंसिर २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सरकार र जेनजीबिच भएको सहमतिका यी हुन् दश बुँदा :  ‘नो भोट’ देखि सम्पत्ति छानबिनसम्म (पूर्णपाठ) बुधबार, मंसिर २४, २०८२
प्रभु बैंकका रेमिट्यान्स विभाग प्रमुख शाक्य पक्राउ, १ अर्ब रुपैयाँ नोक्सानीको आरोप बुधबार, मंसिर २४, २०८२
बहुविवाहको आरोपमा डिएसपी नेपाल पक्राउ बुधबार, मंसिर २४, २०८२
‘एलिमिनेटर’ मा आज काठमाडौँ र लुम्बिनी भिड्दै बुधबार, मंसिर २४, २०८२
कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा बुधबार, मंसिर २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु मंगलबार, मंसिर २३, २०८२
अंशु गौतमको हत्या अनुसन्धानका लागि छिमेकी पक्राउ आइतबार, मंसिर २१, २०८२
अख्तियारले अनुसन्धान थालेपछि आक्रोशित बने हर्क साम्पाङ बिहीबार, मंसिर १८, २०८२
कुलमानप्रति पोखरेलको टिप्पणी- ‘लोडसेडिङ हटाउने योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेस्रोले’ बिहीबार, मंसिर १८, २०८२
सरकार र जेनजीबिच भएको सहमतिका यी हुन् दश बुँदा :  ‘नो भोट’ देखि सम्पत्ति छानबिनसम्म (पूर्णपाठ) बुधबार, मंसिर २४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्