नयाँ दिल्ली (एजेन्सी)– भारतीय सर्वोच्च अदालतले सञ्जय लीला भन्साली निर्देशित फिल्म 'पद्मावत'को रिलिजमा विभिन्न राज्यले लगाएको प्रतिबन्ध हटाएको छ।
फिल्म रिलिजमा मध्य प्रदेश, राजस्थान, गुजरात र हरियाणामा लगाइएको प्रतिबन्ध अदालतले फुकुवा गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
विभिन्न राज्यले लगाएको प्रतिबन्धको विरुद्धमा मंगलबार निर्माताहरुको एक समूह सर्वोच्च अदालत पुगेको पुगेको थियो।
निर्माताहरुले हालेको रिटको बिहीबार सुनुवाइ गर्दै बिहीबार सर्वोच्चले देशभरि फिल्म रिलिज गर्न अनुमति दिएको हो।
फिल्मले आफूहरुको इतिहासलाई तोडमोड गरेको भन्दै भारतमा राजपूत समुदायले तीव्र विरोध गरेका थिए। विरोध चर्किएपछि फिल्मको नाम 'पद्मावती' बाट 'पद्मावत' राख्न फिल्म युनिट बाध्य भएको थियो। फिल्ममा दीपिका पादुकोण, रनवीर सिंह र शाहिद कपुरको मुख्य अभिनय छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।