• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक १०, २०८३ Tue, Oct 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

आन्तरिक हवाई सेवामा बढ्दो प्रतिस्पर्धा, साना एयरलाइन्स संकटमा!

64x64
नेपाल लाइभ आइतबार, साउन १२, २०७६  १४:३७
1140x725

काठमाडौं- आन्तरिक उडानमा दोस्रो बजार हिस्सा ओगट्न सफल कम्पनी यती एयरलाइन्सले शनिबार एटिआर ७२–५०० थप्दै विमान संख्या १० पुर्‍याएको छ। यतीसँग अहिले एटिआर ७२–५०० विमान ५ वटा र जे-४१ (जेट स्टिम) विमान संख्या पनि ५ वटा नै छ।

उता यतीको भगिनी संस्था तारा एयरसँग पनि ६ वटा विमान छ। ताराले विशेषगरी दुर्गम क्षेत्रमा उडान गर्दै आएको छ। तारासँग २ वटा १९ सिटे डोनियर र ४ वटा टिवन-अटर (१९ सिट क्षमता) विमान छन्।

यतीएयर आन्तरिक उडानतर्फ विमानको संख्याका आधारमा सबैभन्दा ठूलो कम्पनीसमेत भएको छ। यती र तारा एयरलाइन्सको गरी अब विमान संख्या १६ पुगेको छ। जसमा ६ सय १४ सीट क्षमता छ।

तर, यती एयर बजार हिस्साका हिसाबले आन्तरिक उडानमा दोस्रो कम्पनी हो।

यतीले सन् २०१९ को पहिलो ६ महिनामा कूल हवाई यात्रुको २३ दशमलब १० प्रतिशतलाई सेवा दिएको थियो। पछिल्लो ६ महिनाको तथ्यांक हेर्ने हो भने यती एयरका विमानमा ३ लाख ४४ हजार ६ सय ५० जना यात्रुले उडान भरेका छन्। यसैगरी, यतीको भगिनी संस्था तारा एयरले सोही अवधिमा १९ हजार ५ सय १५ यात्रुलाई सेवा दिएको छ।

ताराले रामेछाप, जोमसोम, लुक्ला, फाप्लु, ताल्चा(मुगु), डोल्पा, बाजुरा, सिमकोट(हुम्ला) र जुम्लामा हवाई सेवा प्रदान गर्दै आएको छ। यसैगरी यतीले भद्रपुर, विराटनगर, जनकपुर, भैरहवा, नेपालगञ्ज, पोखरा, भरतपुर र लुम्लिङटारमा हवाई सेवा प्रदान गर्दै आएको छ।

यतीले धनगढीमा समेत सेवा विस्तारको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। यसै सातामात्रै यतीले पोखरा विमानस्थललाई आधार बनाएर चितवन र भैरहवामा उडानसमेत गर्ने तालिका सार्वजनिक गरिसकेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

विमान संख्या बढे पनि सन् २०१८ का तुलनामा यतीको यस वर्षको बजार हिस्सामा केही कमी आएको छ। सन् २०१८ मा यतीले कूल यात्रुको २३ दशमलब ४८ प्रतिशत बजार हिसा ओगट्न सफल भएको थियो।

बजार हिस्सामा अगाडि बुद्ध
आन्तरिक उडानमा सबैभन्दा बढी बजार हिस्सा ओगट्न सफल कम्पनी बुद्ध एयरलाइन्स हो। बुद्धले पनि केही समय अगाडि मात्रै एटिआर ७२–५०० विमान थप्दै आन्तरिक उडानलाई झन प्रतिस्पर्धी बनाएको थियो। बुद्धले आन्तरिक उडानसँगै भारतको वनारस र कलकत्तामा समेत उडान गरिरहेको छ।

बुद्धसँग अहिले १२ वटा विमान छन्। जसमा ७२ सिट क्षमताको एटिआर-७२ विमान ७ वटा, ४२ सिटे एटिआर-४२ तीन वटा र १८ सिटे विजक्राफ्ट दुई वटासमेत गरी १२ वटा विमान छन्। बुद्ध एयरले पछिल्लो समय वार्षिक २ वटा विमान थप्दै आएको छ। जसका कारण आन्तरिक उडान थप प्रतिस्पर्धी बनेको हो।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

बुद्धले सन् २०१९ को पहिलो ६ मिहनामै कूल हवाई यात्रुमध्ये झन्डै ५१ प्रतिशत यात्रुलाई सेवा दिएको छ। यो बजार हिस्सा अघिल्लो वर्ष कूल हवाई यात्रु संख्याको ४६ प्रतिशत थियो।

बुद्धले अहिले सिमरा, तुम्लिङटार, भद्रपुर, विराटनगर, जनकपुर, भरतपुर, पोखरा, नेपालगञ्ज, भैरहवा र धनगढीमा उडान गर्दै आएको छ। साथै बुद्धले एक वर्ष अगाडि देखिनै पोखरा–भरतपुर–भैरहवा रुटमा समेत उडान गर्दै आएको छ।

आन्तरिक उडानमा लामो समयदेखि बुद्ध र यतीको प्रतिस्पर्धा चलिरहेको थियो। अन्य वायुसेवा कम्पनीहरु भने केही निश्चित मात्रै बजार हिस्सा लिएर उडान गरिरहेका थिए। तर, आन्तरिक उडानमा कडा प्रतिस्पर्धा भने यती र बुद्धकै थियो। बुद्धको बजार हिस्सामात्रै ६० प्रतिशत भन्दामाथि थियो।

आक्रामक बजार विस्तारमा श्री
तर, यो भीडमा अहिले १७ वर्षको हेलिकोप्टर सेवाको अनुभव लिएको श्री एयरलाइन्स प्रवेश गरेसँगै आन्तरिक उडानको प्रतिस्पर्धा झन रोचक बनेको छ। आन्तरिक उडानको 'फिक्स विइङ' सेवामा प्रवेश गरेको २ वर्षमै श्रीले आफ्नो बजार हिस्सा १५ प्रतिशतको हाराहारीमा पुर्‍याएको छ। सेवा सुरु गरेको छोटो अवधिमै श्रीले ४ वटा जेट विमानमार्फत हवाई सेवा दिँदै आएको छ।

साथै श्रीले यसै साता ७८ सिट क्षमताको २ वटा 'टर्बोप्रप' विमान नेपाल भित्र्याउँदै छ। यो विमान नेपाल आएसँगै पोखरा उडान थप प्रतिस्पर्धात्मक हुने भएको छ। श्रीले धनगढी उडान थालेसँगै काठमाडौंदेखि त्यहाँसम्मको भाडा १०-१२ हजारबाट घटेर ६ हजार रुपैयाँसम्म आएको थियो। श्रीले पोखरा उडान थालेसँगै पोखरा उडानमा रहेको सिम्रिक एयरलाइन्स पनि थप मारमा पर्नेछ।

श्रीको प्रतिस्पर्धा बुद्धसँग पोखरालगायत सिमरा र चितवनमा पनि हुनेछ। श्रीले नयाँ विमान ल्याएपछि पोखरा, चितवन र सिमरामा उडान गर्ने तयारी गरेको छ। अहिले सिमरा उडानमा बुद्धको एकछत्र राज जस्तै छ। श्रीले पोखरा उडान थालेसँगै त्यहाँसम्म पुग्ने भाडामा पनि पर्यटकीय सिजन र चाडपर्वको बेला बाहेक अन्य समयमा २ हजार रुपैयाँको दरमा झर्नसक्ने अनुमान वायुसेवा कम्पनीहरुको छ।

सिम्रिक र सौर्यलाई खतराको संकेत!
यसैगरी आन्तरिक उडानमा रहेको सौर्यसँग पनि २ वटा जेट इन्जिन विमान छन्। तर, यो एयरलाइन्स एक वर्षदेखि आर्थिक संकटमा फसेको छ। केही समयअगाडि मात्रै भारतीय मारवाडी व्यवसायीले खरिद गर्दै दुई विमानमध्ये एउटा विमान उडान गरिरहेका छन्।

तर, विमान संख्या कम भएकै कारण आन्तरिक उडानमा बुद्ध, यती र श्री एयरलाइन्स बीचको त्रिपक्षीय प्रतिस्पर्धामा सौर्यलाई सहज हुनेछैन। सौर्यले अहिले विराटनर, नेपालगन्ज, भद्रपुरलगायतका गन्तव्यमा उडान गरिरहेको छ।

यसैगरी, आन्तरिक उडानमा रहेको सिम्रिक एयरलाइन्ससँग पनि २ वटा विजक्राफ्ट विमान छन्। जसमध्ये एउटा विमान भने ग्राउन्डेड छ। सौर्यलाई जस्तै सिम्रिक एयरलाइन्सलाई पनि बुद्ध, यती र श्री एयरलाइन्ससँगको प्रतिस्पर्धामा हवाई सेवा दिन सहज देखिँदैन।

सिम्रिकले अहिले पोखरामा नियिमित उडानसँगै चितवनको भरतपुरमा उडान गरिरहेको छ। सिम्रिमले पनि विमान नथप्ने हो भने प्रतिस्पर्धाको होडमा रहन मुश्किल पर्नेछ। अन्य विमान कम्पनीले ७०–८० सिट क्षमताको विमानबाट सेवा दिएको ठाउँमा १८ सिट क्षमताको विमान उडाएर प्रतिस्पर्धामा उत्रन उसलाई पक्कै सहज हुनेछैन।

बुद्ध, सौर्य, श्री, यती र सिम्रिकले नियमित उडानबाहेक माउन्टेन उडान पनि गर्दै आएका छन्।

आन्तरिक उडानतर्फ दुर्गम क्षेत्रमा सेवा दिँदै आएको समिट र सिता एयरको पनि यतीको भगिनी संस्था तारासँग प्रतिस्पर्धा छ। तर, सुगमको उडानमा जस्तो दुर्गमको उडानमा प्रतिस्पर्धा छैन। आ–आफ्नो तवरबाट यात्रुलाई हवाई सेवा दिँदै आएका छन्।

निजी वायुसेवा कम्पनीबाहेक सरकारी स्वामित्वको नेपाल एयरलाइन्सले पनि आन्तरिक उडानमा हवाई सेवा दिँदै आएको छ। तर, नेपाल एयरलाइन्स प्रतिस्पर्धाको होडमा छैन। उसको बजार हिस्सा ३ प्रतिशत पनि छैन। विमान संख्या ८ वटा रहे पनि अधिकतम रुपमा ग्राउन्डेड हुने गरेका छन्।

के भन्छन् वायुसेवा कम्पनी?
आन्तरिक उडानमा विमान थप्ने होडबाजी चलेको सिम्रिक एयरलाइन्सका बजार व्ययवस्थापक प्रज्वल थापा बताउँछन्। वायुसेवा कम्पानीहरु बीच सुरु भएको प्रतिस्पर्धाको लाभग्राही हवाई यात्रु नै हुन्। तर, पछिल्लो समय विमान थप्ने होडबाजीसँगै सुरु भएको 'प्राइस वार'ले साना वायुसेवा कम्पनीमा संकट उत्पन हुने अवस्था आएको थापा स्वीकार्छन्।

साना विमानबाट उडान भरिरहेका कम्पनीले ठूला (धेरै सिट) विमान भित्र्याइरहेका छन्। यसले सिट संख्या अझै बढाएको छ। ‘केही वर्ष अघिसम्म सिजनमा १५ दिन अगाडि नै टिकट बुकिङ हुन्थ्यो, पछि टिकट पाइदैनथ्यो,' थापाले भने, ‘अहिले त्यस्तो अवस्थाको अन्त्य भएको छ, प्रतिस्पर्धा बढेपछि सिजनमा पनि टिकट पाइन थालेको छ।’

सुगमको उडानमा प्रतिस्पर्धा बढे पनि दुर्गम उडानमा खासै प्रतिस्पर्धा नरहेको यती एयरलाइन्सका मिडिया प्रबन्धक भीमराज राईको बुझाइ छ। सुगम गन्तव्यमा पनि सिजनमा राम्रै यात्रु पाइरहेको राईले दाबी गरे। तर, अफ सिजनमा विमान कम्पनीले सस्तो भाडामा यात्रु बोकेर अस्वस्थ प्रतिस्पर्धामा उत्रिने क्रम भने बढ्दै गएको उनको भनाइ छ।

राईले आन्तरिक उडानमा विमान थपिनु राम्रो पक्ष भए पनि बजारमा अस्वस्थ प्रतिस्पर्धा पनि बढ्ने सम्भावना उत्तिकै रहेको जनाए।

बुद्ध एयरलाइन्सका बजार व्यवस्थापक विनिता थापा पनि वायुसेवा कम्पनीहरु बीच पछिल्लो समय विमान थप्ने होडबाजी सुरु भएको स्वीकार्छिन्। तर, विमान थपेर मात्रै नहुने उनको तर्क छ। सबैभन्दा पहिले त विमान कम्पनीले भएको विमान पुल-फेजमा सञ्चालन गर्न सक्नुपर्नेमा थापाले जोड दिइन्।

'हवाई सेवा प्रदायक कम्पनीहरु बीच प्रतिस्पर्धा हुनु भनेको यात्रुलाई नै फाइदा हुने हो,' उनले भनिन्, 'विमान संख्या थपिँदा यात्रुले सहज यात्रा गर्न पाउँछन्।'

बजार थप प्रतिस्पर्धी बनाउँदै आएको श्री एयरका अनिल मानन्धरले पनि बजारमा रोचक प्रतिस्पर्धा सुरु भएकोमा एकमत छन्। बिस्तारै यो क्षेत्रमा पनि एकछत्र राज हट्ने उनको भनाइ छ। तर, अहिलेको प्रतिस्पर्धाले साना एयरलाइन्सलाई केही समस्यासमेत उत्पन हुनसक्ने उनले आँकलन गरे।

ठूला विमान कम्पनीबीच विमान थप्ने प्रतिस्पर्धाले बजारमा अस्वस्थ प्रतिस्पर्धा बढ्नसक्नेतर्फ समिट एयरका प्रबन्ध निर्देशक मनोज कार्कीसमेत स्वीकार गर्छन्।

प्रकाशित मिति: आइतबार, साउन १२, २०७६  १४:३७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जनकपुरविरुद्ध कर्णाली याक्स १९ रनले विजयी
पावर प्लेमा जनकपुरको दुई विकेट गुम्यो, ३२ रन मात्रै
अब सहकारीका मुद्दा धेरै भएका जिल्ला अदालतमा डेडिकेटेड बेञ्च
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
जनकपुरविरुद्ध कर्णाली याक्स १९ रनले विजयी मंगलबार, कात्तिक १०, २०८३
पावर प्लेमा जनकपुरको दुई विकेट गुम्यो, ३२ रन मात्रै मंगलबार, कात्तिक १०, २०८३
अब सहकारीका मुद्दा धेरै भएका जिल्ला अदालतमा डेडिकेटेड बेञ्च मंगलबार, कात्तिक १०, २०८३
एनपीएल ३ : जनकपुरविरुद्ध कर्णालीले दियो १३३ रनको लक्ष्य मंगलबार, कात्तिक १०, २०८३
लुम्बिनी विकास कोषको नियुक्ति विवादमा सरकारको आलोचना, प्रश्न उठाउनेलाई तर्साएको प्रदीप पौडेलको आरोप मंगलबार, कात्तिक १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
गुल्मीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु सोमबार, कात्तिक ९, २०८३
चक्रवात ‘अर्नब’ शक्तिशाली हुने भन्दै तीन दिन उच्च सतर्कता अपनाउन सरकारको आग्रह सोमबार, कात्तिक ९, २०८३
नेपाली सेनाले किन गर्दैछ भूतपूर्व सैनिक सम्मेलन? सोमबार, कात्तिक ९, २०८३
कच्चा तेलको मूल्य प्रतिब्यारेल ११५ डलर पुग्यो: नेपालमा महँगी बढ्ने जोखिम सोमबार, कात्तिक ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्