काठमाडौं– टी–२० विश्वकपको एसियाली छनोटको फाइनल चरणबाट बाहिरिएको नेपालको बिदाई अझ दुःखद बनेको छ। दोस्रो भएको मेडल लगाइसकेका खेलाडीले मेडल फिर्ता गर्नुपर्दा दुःखद अवस्था आएको हो।
अन्तिम खेलमा सिंगापुरसँगको हारपछि भएको ‘म्याच प्रिजेन्टेसन’मा नेपाली खेलाडीलाई ‘रनर अप’ भएको भन्दै मेडल दिइएको थियो। तुरुन्तै कतारका अफिसियलहरुले विरोध गरेका थिए। विरोधपछि नेपाली टिमका व्यवस्थापक रमण शिवाकोटीले मेडलहरु फिर्ता गरेका छन्।
कतार र नेपाल दुवैको ४–४ अंक भए पनि नेट रनरेटमा नेपाल कतारभन्दा पछि परेको छ। कतारको नेट रन रेट –०.३७८ रहेको छ भने नेपालको नेट रन रेट –०.६८२ रहेको छ।
टी–२० विश्वकपको एसियाली छनोटको फाइनल चरण नेपाल मलेसियालाई ७ विकेटले र कुवेतलाई पनि ७ विकेटले नै हराएको नेपाल कतारसँग ४ विकेटले र सिंगापुरसँग ८२ रनले पराजित भयो।
यो पनिः
पारस भन्छन् - यो हाम्रो स्तरको क्रिकेट नै होइन
सिंगापुरसँग नेपालको लज्जास्पद हार, टी-२० विश्वकप खेल्ने आशा समाप्त
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।