धनकुटा– सरकारले विराटनगरलाई १ नम्बर प्रदेशको अस्थायी राजधानी तोकेपछि धनकुटामा आन्दोलन चर्किएको छ।
आन्दोलन उग्र बन्दै गएपछि जिल्ला प्रशासन कार्यालयले मुख्य बजारमा कर्फ्यु लगाइएको हो।
बुधबार सरकारले प्रदेशको अस्थायी राजधानी विराटनगरलाई तोकेको थियो। जसको विरोधमा बिहीबार बिहानैदेखि आन्दोलन हुँदा प्रहरीसँग झडप बढेपछि प्रशासनले स्थिति नियन्त्रणमा लिन कर्फ्यु लगाएको हो।
आन्दोलनकारीले सरकारी कार्यालय र प्रहरीको गाडीमा समेत आगजनी गरेको एक प्रहरी अधिकारीले बताए। धनकुटाका एसपी सुदीप राजभण्डारी चढेको गाडीमा समेत आन्दोलनकारीले आगो लगाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।