काठमाडौं– यस वर्षको गोविन्द वियोगी पत्रकारीता पुरस्कार नयाँ पत्रिका दैनिकका अध्यक्ष तथा सम्पादक कृष्णज्वाला देवकोटालाई प्रदान गरिएको छ। बिहिबार आयोजित कार्यक्रममा अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले देवकोटालाई पुरस्कार प्रदान गरेका छन्।
बरिष्ठ उद्योगी स्व.मोहनगोपाल खेतानको सहयोगमा सम्पादक समाजले स्थापना गरेको उक्त पुरस्कारको राशि २५ हजार १ रुपैयाँ छ।
त्यस्तै गोविन्द वियोगी बिशेष पत्रकारीता पुरस्कार नेपाल टेलिभिजनकी समाचार सम्पादक अनिता बिन्दुलाई प्रदान गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।