काठमाडौं- यति एअरलाइन्सले नयाँ एटिआर ७२-५०० विमान भित्र्याएको छ। यो सँगै यतिका यो सिरिजका विमान पाँच वटा पुगेका छन्।
नेपाली रजिस्ट्रेसन नम्बर '९-एन–एएनजी' रहेको उक्त विमान थाइल्यान्डको बैंङ्ककबाट उडेर दिउँसो साढे १ बजे त्रिभुवन अन्तरास्ट्रिय विमानस्थलमा अवतरण गराइएको हो।
सन् १९९८ देखि उडान सेवा सुरु गरेको यतिसँग अब एटिआर ७२– ५०० ५ वटा जे-४१ विमान ५ वटा र भगिनी संस्था तारा एअरका ६ वटा विमान रहेका छन्।
भिजिट नेपाल २०२० मा २० लाख पर्यटक भित्र्याउनले लक्ष्य हासिल गर्न थपिएका विमानले मद्दत पुर्याउने विश्वास यति एअरलाइन्सले लिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।