काठमाडौँ- सर्वोच्च अदालतले संखुवासभाका प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ का नेपाली काँग्रेसका उम्मेदवार दीपक खड्काको सक्कल मतगणना मुचुल्का झिकाउने आदेश दिएको छ।
प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीश दीपकराज जोशी, ओमप्रकाश मिश्र, चोलेन्द्र शम्शेर जवरा र दीपककुमार कार्कीको संवैधानिक इजलासले आज खड्काको निर्वाचनको सक्कल मुचुल्का झिकाउन निर्वाचन आयोगका नाममा आदेश दिएको हो।
मतगणनामा घोटाला भएको भन्दै खड्काले पुनः मतगणनाको आदेशको माग गर्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए । सो मुद्दाको गत पुस ७ गते भएको सुनुवाइमा संवैधानिक इजलासले निर्वाचन आयोगलाई मतगणनाको मुचुल्का झिकाउन भनेको थियो ।
आज आयोगलाई आफूले प्राप्त गरेको सक्कल मुचुल्का संवैधानिक इजलासमा पेश गर्न आदेश दिएको हो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।