• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक ७, २०८३ Sat, Oct 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

भूकम्पप्रतिरोधी भवन बढ्दै, सुरक्षित बन्दै आवास

64x64
नेपाल लाइभ बुधबार, माघ ३, २०७४  २०:४६
1140x725

सुर्खेत– वीरेन्द्रनगर नगरपालिकामा आर्थिक वर्ष ०७३÷७४ मा घर निर्माणको स्वीकृतिका लागि ६ सय ६९ वटा निवेदन परे। जसमध्ये चार सय ९० वटा निवेदन स्वीकृत भए भने दुई सय ६ वटा भवनको निवेदन नै अस्वीकृत भयो।

त्यस्तै, चालु आर्थिक वर्षको पहिलो ६ महिनामा तीन सय ३० वटा भवन निर्माणको स्वीकृतिका लागि परेका निवेदनमध्ये ७६ वटा भवन निर्माण अस्वीकृत भयो। तीन सय ३० मध्ये दुई सय ५४ वटा मात्रै स्वीकृत भएको वीरेन्द्रनगर नगरपालिका नक्सा पास उपशाखाका अमिन भुपेन्द्रबहादुर अधिकारीले जानकारी दिए। 

वीरेन्द्रनगर नगरपालिकाले सुरक्षित आवासका लागि अनिवार्य रुपमा भूकम्पप्रतिरोधी घर बनाउनुपर्ने नियम कडाइका साथ कार्यान्वयनमा ल्याएको छ। नगरपालिकाले भूकम्प प्रतिरोधी नदेखिएका भवनहरुको नक्सा पास नै नगरिदिँदा भूकम्पप्रतिरोधी भवन निर्माण गर्ने क्रम बढेको छ। पछिल्लो समयमा भूकम्पप्रतिरोधी भौतिक संरचना निर्माण गर्नेको संख्या बढेको नगरपालिकाले जनाएको छ।

नगरपालिकाले नगर क्षेत्रभित्र निर्माण हुने भवनहरु अनिवार्य भूकम्पप्रतिरोधी हुनुपर्ने मापदण्डलाई कडाइका साथ लागू गरेको हो। पहिलो नगर सभाबाट नीति पारित भएसँगै भवन निर्माणका लागि नक्सा पास गर्दा नै भूकम्पप्रतिरोधी भवनको नक्सा पास गर्ने गरिएको छ। जसले गर्दा घर तथा अन्य प्रयोजनका भवन निर्माण गर्दा भूकम्पप्रतिरोधी बनाउने नियम बाध्यकारी भएको छ।

भूकम्पप्रतिरोधी भवन निर्माण नभएसम्म नक्सा पास नहुने अमिन अधिकारीले बताए। नगरपालिकाबाट नक्सा स्वीकृत नभएका भवनहरुले बिजुलीबत्ती जडान, खानेपानी जडान, तथा विभिन्न सेवा–सुविधाबाट वञ्चित हुनुपर्ने भएकाले पनि अनिवार्य भूकम्पप्रतिरोधी संरचना निर्माण बनाउनुपर्ने भएको छ। यसले गर्दा नगर क्षेत्रभित्रको आवासलाई सुरक्षित बनाउन सकिने नगरपालिकाको विश्वास छ। 

Ncell 2
Ncell 2
nimb
nimb

स्वीकृतिबिना नै भवन निर्माण

नगरपालिकाले भूकम्पप्रतिरोधी बनाउनुपर्ने नियमलाई कडाइका साथ कार्यान्वयनमा ल्याएपछि पनि नगरपालिकाबाट नक्सा पास नै नगरी भवन निर्माण गर्ने क्रम रोकिएको छैन।

नगरपालिकामा करिब २५ प्रतिशतले अझै पनि नक्सा पास नगरी भवन बनाउने गरेको नगरपालिकाले जनाएको छ।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख रत्नमणि गुप्ताले भूकम्पप्रतिरोधी भवनले शहरी आवासलाई सुरक्षित बनाउने बताए। उनले जहाँ जतिबेला पनि भूकम्प आउन सक्ने भएकाले हुनसक्ने क्षतिबाट बच्न पहिले नै भूकम्पप्रतिरोधी संरचनाहरुको निर्माण जरुरी रहेको बताए। उनले भूकम्प प्रतिरोध शक्ति कमजोर भएका पुराना संरचनालाई पनि सुदृढीकरण गर्न सकिने जनाए। 

शहरी विकास तथा भवन डिभिजन कार्यालयका इञ्जिनियर टीकाराम पोखरेलले भवन निर्माण गर्दा २० प्रतिशत मात्रै लागत बढ्ने भएकाले अनिवार्य रुपमा भौतिक संरचना भूकम्पप्रतिरोधी बनाउन आग्रह गरे। प्राकृतिक प्रकोपका रुपमा भूकम्प जतिबेला पनि आउन सक्ने भएकाले क्षति कम गर्न पूर्वसजगता अपनाउनुपर्ने उनको सुझाव छ।

वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले नगरभित्र निर्माण हुने सरकारी तथा निजी भवनहरु आचारसंहिताको पालना गरे/नगरेको बारेमा अनुगमन गर्दै आएको बताए।

‘हामीले नगरभित्रका भवनहरु भूकम्पप्रतिरोधी बनाउने प्रयासमा छौं’, उनले भने, ‘भवन बनाउँदा नगरपालिकामा अनिवार्य रुपमा नक्सा पास गर्नुपर्ने व्यवस्था कडाइका साथ लागू गरेका छौं।’

प्रकाशित मिति: बुधबार, माघ ३, २०७४  २०:४६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु
रवि कैंची धाम पुगेको सेल्फी
जलजायु कोषवाट तीन अर्बको अनुदान निर्णयसंगै परियोजना तयार पार्न जुट्यो नेपाल सरकार
सम्बन्धित सामग्री
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम दशैँमा विभिन्न मासुका परिकार, अण्डा, दूध–दही, मिठाइ, फलफूल, च्याउ, पनिर, आइसक्रिम, केक इत्यादि तयार गरिन्छ। अनि बिदामा रमाइलो गर्नुप... बुधबार, कात्तिक ४, २०८३
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयद्वारा राष्ट्रिय महिला सशक्तीकरण परियोजनाअन्तर्गत सञ्चालित... मंगलबार, कात्तिक ३, २०८३
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह कुनै समय नेपाल आउने अधिकांश पर्यटक काठमाडौंका ऐतिहासिक सम्पदा अवलोकन गरेर फर्किन्थे । हनुमानढोका, पाटन दरबार क्षेत्र र भक्तपुर दरबार... शनिबार, असोज ३१, २०८३
ताजा समाचारसबै
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
जलजायु कोषवाट तीन अर्बको अनुदान निर्णयसंगै परियोजना तयार पार्न जुट्यो नेपाल सरकार शुक्रबार, कात्तिक ६, २०८३
प्रधानमन्त्त्री बालेन शाहको भारत भ्रमण यही वर्षको अन्त्यतिर हुने अर्थमन्त्री बाग्लेको दावी शुक्रबार, कात्तिक ६, २०८३
दिल्लीमा भारतका प्रधानमन्त्री मोदीसँग अर्थमन्त्री वाग्लेको भेट शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
हरिशरणले सिकाए रविलाई राजनीति ! बिहीबार, कात्तिक ५, २०८३
नेपाली मूलका व्यक्तिलाई पिएनओ परिचयपत्र दिन माग बिहीबार, कात्तिक ५, २०८३
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्