• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक ७, २०८३ Sat, Oct 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

वाम नेता भन्छन्– जनमत गुमाएको सरकारले विवेक पनि गुमाएछ

64x64
नेपाल लाइभ बुधबार, माघ ३, २०७४  २०:०१
1140x725

काठमाडौं– लामो समयको पर्खाइपछि सरकारले अन्ततः प्रदेश प्रमुख र प्रदेशको अस्थायी राजधानी तोकेको छ। बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले यस विषयमा टुंगो लगाएको हो।

वाम गठबन्धन यसअघि नै सरकारले आफ्नो काम गर्नुपर्ने भन्दै विवादबाट पन्छिएको थियो। सरकारले सहमति खोज्न गरेको प्रयास असफल भएपछि सरकारले संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीको सहमतिमा बिहीबार प्रदेश प्रमुख र प्रदेशको अस्थायी राजधानी तोकेको हो।

यस विषयमा नेपाल लाइभले वाम गठबन्धनका नेताहरुको प्रतिक्रिया लिएको छः

नारायणकाजी श्रेष्ठ (माओवादी केन्द्र)
वर्तमान सरकारका राम्रा निर्णयलाई निरन्तरता दिन सकिन्छ। अहिलेको नियुक्तिबारे नयाँ सरकार गठनपछि विचार गर्न सकिन्छ। अहिले आन्तरिक छलफल हुन पाएको छैन। बाँकी कुरा छलफलपछि निर्णय हुन्छ।

कृष्णबहादुर महरा (माओवादी केन्द्र)

प्रेदश नम्बर ५ को अस्थायी राजधानी बुटवललाई तोकिएकोमा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले विरोध गरेका छन्। विज्ञप्ति जारी गर्दै उनले शेरबहादुर देउवा सरकारले असन्तुलित, अविवेकी, अदूरदर्शी, असंवेदनशील र असक्षम निर्णय गरेको टिप्पणी गरेका छन्। प्रदेश ५ को अस्थायी राजधानी राख्ने निर्णय सच्याएर दाङलाई नै कायम राख्न उनले माग गरेका छन्।

प्रदीप ज्ञवाली (एमाले)
सरकारले धेरै ढिलो गरेर यो निर्णय गरेको छ। यो ढिलाइले धेरै अन्योल पनि भयो। राष्ट्रियसभाको निर्वाचन नै प्रभावित हुने हो कि भन्ने आशंका पनि सिर्जना भयो। सबैभन्दा दुःखको कुरा सरकारले एमाले वा अरु दलसँग सहमति गर्ने भन्ने नाममा ढिलाइ गर्‍यो। जबकि यो सहमतिको विषयभन्दा पनि सरकारको कर्तव्यको कुरा थियो। ढिलाइ गर्दा अन्यो बढेको हो। जे भए पनि अहिले निर्णय भएको छ र यसले राष्ट्रियसभाको निर्वाचनका लागि आधार तयार भएको छ।

अस्थायी राजधानीको विषयलाई लिएर कतिपय ठाउँमा असन्तुष्टि प्रकट भएका छन्। म ती ठाउँका जनसमुदायलाई के भन्न चाहन्छु भने, यो नितान्त अस्थायी राजधानी मात्रै हो। तत्काल काम चलाउनका लागि तोकिएको हो। पछि तपाईंहरुले नै चुनेका प्रदेशसभाका सदस्यको दुई तिहाइ सदस्यले प्रदेशको राजधानी तय गर्नेछन्। त्यसैले अहिले आन्दोलित हुनुपर्ने वा असन्तुष्टि व्यक्त गर्नुपर्ने कुनै काम छैन। तपाईंहरुकै प्रतिनिधिले राजधानी तय गर्नेछन्। यसलाई सामान्य रुपमा लिन आग्रह गर्दछु। 

Ncell 2
Ncell 2
nimb
nimb

अब निर्वाचन आयोगले राष्ट्रियसभाको निर्वाचन प्रक्रिया अघि बढाओस् भन्न चाहन्छु। र, प्रतिनिधिसभाको समानुपातिक तर्फको नतिजा पनि छिटो सार्वजनिक होस् भन्ने हामी आग्रह गर्न चाहन्छौं।

वाम सरकार आएपछि प्रदेश प्रमुखलाई फिर्ता बोलाउँछ भन्ने विषयमा म के भन्न चाहन्छु भने, त्यतिबेला सरकारले स्वभाविक रुपमा आफ्नो काम गर्छ। प्रदेश प्रमुख भनेका सरकारका प्रतिनिधि मात्रै हुन्। केन्द्रीय सरकारको भावनाको प्रतिनिधित्व हुन्छ कि हुँदैन भन्ने कुराले उनीहरुको निरन्तरतालाई तय गर्नेछ। त्यो पछि आउने सरकारले नै सोच्ने विषय हो।

भीम रावल (एमाले)
हामीले पटक-पटक सरकारले गर्नुपर्ने संविधान र कानुन बमोजिम तथा राष्ट्रको हितअनुरुपका कामहरु गर्नुस् भनेर भन्दै आएका थियौं। तर, वर्तमान सरकार र प्रधानमन्त्री शेरबहादुर देउवाले त्यस्तो काम गर्नुभएन।

राष्ट्रियसभा अध्यादेश लगायतका कतिपय महत्त्वपूर्ण विषयमा उहाँले कुनै सहमति पनि खोज्नु भएन। प्रदेश प्रमुख र प्रदेशको राजधानी पनि हामीले समयमै तोक्नुस् भनेका थियौं। सरकारमा बसेर सरकारका संवैधानिक कर्तव्य पालना गर्नुस् भनेर हामीले भनिरहेका थियौं।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

यतिबेला उहाँले जस्ता व्यक्ति नियुक्त गर्नुभयो र जस्ता निर्णय गर्नुभयो। यसका कारण, पृष्ठभूमि, औचित्य र यस बीचमा गरेको अध्ययनका विषयमा हामीलाई कुनै जानकारी छैन। यसमा थप कुनै टिप्पणी छैन। सरकारले आफ्नो कर्तव्य पालना गरोस् र निर्वाचन परिणाम छिटो भन्दा छिटो जनसमक्ष ल्याउने वातावरण बनाओस्। नयाँ सरकारका लागि मार्ग प्रशस्त गरोस्। हामीले यही भनिरहेका थियौं।

यहाँ खास व्यक्ति विशेषबारे हामीलाई केही पनि थाहा छैन। हामी यसलाई हेर्छौं। तर, सरकारले गर्नैपर्ने काम ढिलो गर्‍यो भन्ने हामीलाई लागिरहेको छ।

उहाँहरुलाई फिर्ता गर्ने वा नगर्नेबारे मैले अहिले केही पनि भन्न सक्दिनँ। भोलि सरकार गठन होला। उसले संविधान, विधि पद्धति अनुसार आफूले गर्ने काम अनुसार हेर्ला। अहिले केही भन्ने कुरा होइन।
प्रदेशको अस्थायी राजधानीका बारेमा पनि प्रदेशसभाले निर्णय गर्छ। अहिले त त्यो अस्थायी मात्रै हो। 

प्रदेश प्रमुखबारेमा भविष्यको कुरा भविष्यमा त्यतिबेलाको सरकारले नै विधि प्रक्रिया अनुसार गर्ला नि!

योगेश भट्टराई (एमाले)
आस्थायी राजधानी र प्रदेश प्रमुखबारे सरकारले गरेको निर्णयप्रति कुनै टिप्पणी गर्नु आवश्यक छैन। यो सरकारले नभएको अधिकार प्रयोग गर्‍यो। आउने सरकारले आफ्नो संवैधानिक अधिकार प्रयोग गर्छ। कुरा त्यत्ति मात्र हो।

शंकर पोखरेल (एमाले)
आफैंले बनाएको कार्यदलको सिफारिस विपरीतका ठाउँ प्रदेशको अस्थायी राजधानी तोक्ने सरकारको निर्णय दुर्भाग्यपूर्ण छ। जनमत गुमाएको सरकारले विवेक पनि गुमाएछ। स्थायी राजधानीबारे निर्णय गर्ने अधिकार प्रदेशसभालाई प्राप्त छ। जननिर्वाचित प्रतिनिधिहरुले अवश्य नै विवेक प्रयोग गर्नेछन्।

प्रकाशित मिति: बुधबार, माघ ३, २०७४  २०:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बाढी र पहिरोका कारण विभिन्न सडक खण्ड अवरुद्ध
आजदेखि नेकपाको राष्ट्रिय जागरण अभियान, प्रचण्ड र माधव नेपालले उद्घाटन गर्ने
रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
बाढी र पहिरोका कारण विभिन्न सडक खण्ड अवरुद्ध शनिबार, कात्तिक ७, २०८३
आजदेखि नेकपाको राष्ट्रिय जागरण अभियान, प्रचण्ड र माधव नेपालले उद्घाटन गर्ने शनिबार, कात्तिक ७, २०८३
रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु शनिबार, कात्तिक ७, २०८३
कस्तो छ आजको मौसम? शनिबार, कात्तिक ७, २०८३
ट्रम्पको चेतावनी : इरानमाथि फेरि सैन्य आक्रमण हुन सक्छ शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश शुक्रबार, कात्तिक ६, २०८३
चक्रवातको प्रभावले नेपालमा झरीको सम्भावना, धान नभित्र्याउन मौसमविद्को सुझाव शुक्रबार, कात्तिक ६, २०८३
भारत भ्रमणले राजनीतिक सरगर्मी बढाएसँगै रविको स्पष्टोक्ति– जेलमा रहँदाको भाकल पूरा गर्न जाँदैछु शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्