• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

मल्लिकामा फेरिएको सुन्दरता [भिडियो]

64x64
ऋग्वेद शर्मा शुक्रबार, साउन १०, २०७६  १७:४५
1140x725

काठमाडौं– कुनै समय थियो, ऐनामा आफ्नो शरीर हेर्दा उनका आँखालाई चित्त बुझ्दैन थियो। तौल बढ्दै गए समस्या आउँछ भनेर झसंग बनाउँथ्यो। उनको डर मोटो शरीरसँग भन्दा त्यसले ल्याउन सक्ने रोगसँग बढी थियो। 

दिमागले भन्थ्यो– धेरै मोटाउनु हुँदैन, नराम्री देखिइस्, शरीर सन्तुलनमा राख्नैपर्छ। मनले भन्थ्यो– मिठो लाग्ने खाने कुरा छाडेर कसले दुःख गरोस्। 

उनका लागि सुन्दरतामा कालो-सेतो, अग्लो-होचोका गुणहरु गौण छन्। चन्द्रमा जस्तो आकृतिमा मृगका जस्ता आँखा, गुलाफका पत्र जस्ता ओठ आदि विम्बहरुमा पनि आवरणको अतिव्याख्याबाहेक अरु देख्दिनन्। सौन्दर्य प्रसाधनको विज्ञापनमा भनिने जस्तो 'सिल्की कपाल' र 'कोमल त्वचा'मा उनको सौन्दर्यशास्त्र अटाउँदैन। 

'सुन्दर' देखिन शरीरका पछाडि भएको मेहनतले बाटो निकै मोडिएको छ। फरक सफलता मिलेको छ। सोच फेरिएको छ। सोच फेरिदिन बाध्य पारेको छ। यसले नै मल्लिका शाक्यलाई नयाँ परिचय दिलाएको छ। 

ठिक यहीँनेर सुरु हुन्छ, मल्लिकाको वास्तविक कथा। मेहनतको कथा। खेलाडी बनेपछिको कथा। जितको कथा। उत्साहको कथा। सपना र लक्ष्यको कथा। 

गएको शनिबार काठमाडौंमा सकिएको १२औं दक्षिण एसियाली शारीरिक सुगठन तथा फिजिक स्पोर्टस् च्याम्पियनसिप अन्तर्गत महिला मोडल फिजिकमा मल्लिकाले स्वर्ण पदक जितिन्। स्वस्थ बन्ने, सुन्दर देखिने मल्लिकाको बाटो जब खेलाडीतिर मोडियो तब फेरियो उनको वर्तमान, फेरिँदैछ भविष्य। 

स्वर्ण पदक जित्दैगर्दा मल्लिकालाई विश्वास नै भएन। मिलेको शरीर बनाउन जिम सेन्टर पुगेकी उनलाई दक्षिण एसियाली प्रतिस्पर्धामा देशको नाम राख्न सकेको सपना नै लाग्यो।  

'त्यो बेला मात्रै होइन अहिलेसम्म पनि सपना जस्तो भइरहेको छ। सोचेकै थिएन यस्तो हुन्छ भनेर,' कालिमाटीस्थित डिभाइन फिटनेस सेन्टरमा भेटिएकी उनले हाँस्दै सुनाइन्, 'सपनामा नै छु कि जस्तो लाग्छ। जितेको क्षणमा त दिमागमा केही आएकै थिएन। केही सोच्नै सकिनँ। नभर्स पो भएँ।' 

Ncell 2
Ncell 2
nimb
nimb

ती मल्लिका यी मल्लिका
मल्लिका अहिले २९ वर्षकी भइन्। शारीरिक सुगठनमा आउनुभन्दा पहिले उनले म्यानपावर कम्पनीमा जागिर खाइन्। अर्काको काम कत्ति गर्ने! आफै केही गर्नुपर्छ। मन नलागेको काममा पैसा मात्रै हेरेर पनि त भएन; उनका यस्ता सोच आइरहेकै थिए।

२०७२ सालको भूकम्पपछि उनले जागिर छोडिन्। आफू अलि मोटाएँ भन्ने डरले उनलाई फिटनेस सेन्टरतिर पुर्‍यायो। 

'पहिले मेरो शरीर सन्तुलनमै थियो। भूकम्पपछि भने १० किलोजति मोटाएँ। मोटो हुनु फाइदाजनक हुँदैन भन्ने लागेर जिम जान सुरु गरेँ,' उनले पुराना दिन सम्झिइन्, 'तीन महिनामा शरीर फेरि साधारण अवस्थामै आयो। नियमित व्यायामका अरु तरिका पनि सिक्दै गएँ।' 

मल्लिकालाई सुरुसुरुमा जिम गर्दा अल्छी नलागेको होइन। रमाइलोका लागि मात्रै उनी गइरहेकी थिइन्। मेहनत थिएन। जब मेहनत पनि गर्न थालिन्, त्यही मेहनतले स्वर्ण पदकसम्मको बाटो तय गरेको भन्दा उनी गर्विलो महसुस गर्छिन्।

गुरु रुजेश शाहीले मल्लिकामा सम्भावना उतिबेलै देखेका हुन्। त्यसमा निरन्तरको मेहनतले परिवर्तन पनि देखिँदै गए। 'पहिले आउँदा र अहिले मल्लिकामा धेरै नै परिवर्तन भइसकेको छ। उनी एरोबिक र जुम्बाको गुरु पनि भइसकेकाले सहज भएको छ। पहिले जे थियो त्यो अझ तिखारिएको छ,' गुरु रुजेशले सुनाए। 

बडीबिल्डिङ अन्तर्गत मोडल फिजिकमा मल्लिकाले खेल्न सक्छिन् भन्ने रुजेशले नै परखेका थिए। 'मल्लिकाको मेहनत खेलाडी बन्न लायक देखिरहेको थिएँ। उनको शरीरमा देखिएको फ्याट काटेपछि शरीर सन्तुलनमा आउँछ जस्तो लागेको थियो। नभन्दै पदक जितेर त्यो कुरा प्रमाणित पनि भएको छ,' रुजेशले खुसी हुँदै सुनाए। 

आफूमा गुरुले खेलाडीको गुण देखिरहँदा उनको लगातार जस्तो एउटै प्रश्न हुन्थ्यो, 'सक्छु होला र?'

गुरु सम्झाउँथे, 'नसक्ने भन्ने होइन, कोसिस गरेपछि सकिन्छ नै।'

भिडियो-

सन् २०१५ मा नै विश्व शारीरिक सुगठनमा रजत पदक जितेका रुजेशको आँखाले मल्लिकामा जे ठम्याएको थियो, त्यो गलत थिएन। स्वर्ण जितेपछि पनि उनको ठम्याइ थप प्रमाणित भइसकेको छ।

अहिले दक्षिण एसियाली शारीरिक सुगठनमा स्वर्ण जितेको भिडियो हेरेर दंग पर्छिन् मल्लिका। आफूले पाएको सफलतामा परिवार र साथीभाइ पनि खुसी भएको देख्दा उनको उत्साह अझ उचालिन्छ। 

गुरुले देखेको सफलता
सहिद धर्मभक्त माथेमाले भारतको बंगालमा शारीरिक व्यायामशालाबाट सिकेको ज्ञान नेपालमा आएर प्रयोग गर्न थालेपछि यहाँ शारीरिक सुगठनको अभ्यास हुन थालेको बताइन्छ। त्यो समय राजा त्रिभुवनको व्यायाम शिक्षकसमेत रहेका धर्मभक्तको बाटो पछ्याउँदै युवाहरु शारीरिक व्यायाममा लागेका थिए।

इजिप्ट र ग्रिसको प्राचीन इतिहासमा मात्रै होइन, ढुंगे युगका आख्यानहरुमा पनि बलवान् शरीरलाई सफलतासँग जोडिएर हेरिन्थ्यो। सुगठित शरीरका लागि मेहनत गर्ने र त्यसलाई प्रयोग गरेर उपलब्धि हासिल गर्ने अभ्यास पुरानै हो।

नेपालमा २०१० सालमा 'नेपाल व्यायाम मन्दिर'को नाममा काठमाडौं ज्याठामा पहिलो व्यायामशाला खोलियो। त्यसले शारीरिक सुगठन खेलकै विकासमा ठूलो सहयोग गरेको छ। अहिले त उपत्यकामा मात्रै त्यस्ता व्यायामशाला झन्डै दुई सयको संख्यामा छन्। जहाँ खेलाडी बन्ने बाटोमा नभए पनि स्वस्थ बन्न सयौंले शरीरबाट पसिना उमारिरहेका छन्।

स्वस्थ र कसिलो शरीरका लागि व्यायामशाला पुगेकाहरुलाई जब रुजेश जस्ता पारखीले नियाल्छन्, तब मल्लिका जस्ता खेलाडी जन्मिन्छन्। त्यसका लागि एक खेलाडीले गर्ने जस्तै मेहनत पर्छ गुरुको पनि। 

'मैले त बाटो देखाउने मात्रै न हो। मैले भनेका कुरामा खेलाडीले उस्तै मेहनत गरेपछि बल्ल नतिजा निस्कन्छ,' रुजेश भन्छन्। 

                                                                                                                                                             गुरु रुजेश शाहीका साथ मल्लिका

मल्लिकाले मेहनत गर्न सक्छिन् भन्ने लागेरै रुजेशले उनलाई गएको बैशाखमा भएको हिमालय शारीरिक सुगठन प्रतियोगितामा सहभागी हुने गरी तयारी गराए। 

समय कम भए पनि हिमालयमा सहभागी गराउनमा रुजेशको सोच थियो, अहिलेको तयारीले दक्षिण एसियाली शारीरिक सुगठनको बेला फाइदा हुनेछ। चार महिनामा धेरै कुरा फेरिनेछ। जसले नेपालको उपस्थिति बलियो बन्नेछ। 

हिमालय शारीरिक सुगठनमा चौथो भएकी मल्लिकालाई त्यतिबेला धेरैले भने, 'यस्तो शरीर लिएर पनि खेल्न आउने?' कतिले सुनाए, 'छोटो लुगा लगाएर शरीर देखाउने पनि कस्तो खेल हो!'

विश्वस्तरको प्रतिस्पर्धामा नेपाली खेलाडीले स्वर्ण जितेर आइसकेको अवस्थामा पनि शारीरिक सुगठनलाई खेलकै रुपमा नस्विकार्ने खालका भनाइमा मल्लिकाले उस्तो ध्यान दिइनन्। भन्छिन्, 'भन्नेका कुरा सुनेर साध्य पनि हुँदैन, यसैले मैले आफ्नो मेहनतमा मात्रै ध्यान दिएँ।'

नियमको परिधि
शारीरिक सुगठनका लागि खेलाडीले नुनपानी छाडेरै तयारी गुर्नुपर्छ। कडा व्यायामसँगै खानपानमा दिनुपर्ने ध्यानले पनि धेरै खेलाडी यसलाई निरन्तरता दिन सक्दैनन्। 

मल्लिकाले चार महिना त केही नसोची कडा मेहनत गरिन्। 'एकदमै कडा नियममा बस्नुपर्ने हुन्छ। खानेकुरामा पनि असाध्यै ध्यान दिनुपर्ने। म आफै पनि बिहान-बेलुका जिम सिकाउन जाने भएकाले एक सेकेन्ड पनि समय बच्दैन थियो,' मल्लिका भन्छिन्, 'कडा अनुशासनमा बसिएन र नियम तोडियो भने त सफलता कहाँ सम्भव हुन्छ र।' 

उनी हाँस्दै थप्छिन्, 'कोहीकोही चिट पनि गर्छन्, तर समय कम भएकाले लुकेर अरु कुरा खान मैले चाहिँ पाइनँ।'

गुरुले 'भोलिदेखि नै अभ्यास सुरु' भन्नेबित्तिकै मल्लिकाले खाइरहेको कुरा त बन्द भइहाल्यो। कुखुराको उसिनेको मासु, उसिनेको अण्डा, उसिनेकै तरकारी र फलफूल उनको 'डाइट चार्ट'मा थिए।

सुरुसुरुमा खानेकुराको तरिका देखेर मल्लिकाकी आमा नै खुब आत्तिएकी थिइन्। उनको प्रश्न हुन्थ्यो, 'यो कस्तो खेल हो, भात-नुनै खान नहुने?'

'आमाले त छोरीले भात खानै छाडी भनेर अरुसँग पनि गुनासो गर्नुहुन्थ्यो। वरपर सबैलाई थाहा थियो, मल्लिकाले भात नै खाँदैन,' उनी भन्छिन्, 'गेम खेल्न लागेको हो भन्छु, यो कस्तो गेम हो त भनेर सोधिहाल्नुहुन्छ। युट्युबमा अरुले खेलको भिडियो  देखाइदिएपछि बल्ल बुझ्नुभयो।' 

नुनतेल खान नहुने भए पनि छोरीलाई मिठो होस भनेर आमाले थाहा नपाउने गरी थोरै मिसाइदिइहाल्थिन्। तर खाँदाखेरी उनलाई थाहा भइहाल्थ्यो। 

एकदिन आमाले खानेकुरामा नुन हालिरहेको उनले फेला पारिन्। आफ्नो खेलमा नुनतेल लगायत खानेकुरामा ध्यान दिनुपर्छ भनेर बुझाएपछि मात्रै बल्ल आमा विश्वस्त बनेको उनले सुनाइन्।

मल्लिकालाई थाहा भयो, कुनै खेलाडीले उपलब्धि पाउनका लागि सबैभन्दा ठूलो सहयोग घरबाट हुन जरुरी छ। घरबाट समर्थन नपाउने कति साथीहरु लुकीलुकी खेलेको उनैले देखेकी छिन्। 

कडा अनुशासनमा निरन्तरको अभ्यासपछि पनि खेलको दिन स्टेजमा जाँदा मल्लिकाको मन अत्तालिएको थियो। तर पनि त्यो भाव अनुहारमा आउन दिइनन्। 

'म विश्वस्त छु भनेजसरी नै प्रस्तुत भएँ। अरुले मेरो डर अनुहारमा देख्न पाएनन्,' उनले भनिन्, 'जितपछि त मेरो त्यो विश्वास अझ बलियो बनेको छ।' 

एउटा कुराले भने उनलाई खल्लो लाग्छ। 'मलाई मन पर्ने खानेकुराहरु छुट्यो नि त,' उनी हाँस्दै भन्छिन्, 'ससेज र फास्ट फुड धेरै नै मनपर्थ्यो।'

फेरिएको लक्ष्य
दक्षिण एसियाली शारीरिक सुगठनमा स्वर्ण जितेपछि घर पुग्नेबित्तिकै मल्लिकालाई आमाले सोधेकी थिइन्, 'जितेर के ल्याइस् त?' 

स्वर्ण पदक देखाउँदै भनेकी थिइन्, 'यी यही हो।'

त्यो पदकको खुसी आमाको अनुहारमा पनि झल्किन्थ्यो। उनको लामो समयको मेहनतको फल थियो त्यो। 'यस्तो शरीरले पनि खेल्ने?' भन्नेहरुका लागि जवाफ। 

त्यो जितपछि मल्लिकालाई लागेको थियो, जितिहालेँ अब खेल्दिनँ। तर फेरि अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा जानुपर्छ भन्ने गुरुको भनाइलाई उनले नकार्न सकिनन्। यसैले उनी साउन ३१ देखि थाइल्यान्डमा हुने एसिया प्यासिफिक बडीबिल्डिङ च्याम्पियनसिप र भदौ २६ देखि चीनमा हुने एसियन बडीबिल्डिङ तथा फिजिक स्पोर्टस् च्याम्पियनसिपमा सहभागी हुँदैछिन्। 

'एउटा उपाधि जितेपछि अर्को उपाधिको लोभ पनि त लाग्ने रहेछ,' सफलताको सोपान चढिरहेकी मल्लिका भन्छिन्, 'जितको भोक बढ्दै जाँदो रहेछ।'

पहिले हिमालयमा प्रतिस्पर्धा गर्दा उनलाई खासै वास्ता थिएन। किनकि उनी चौथो भएकी थिइन्। त्यसपछि उनलाई लाग्यो– अब त पहिलो हुनुपर्छ। दक्षिण एसियाली प्रतिस्पर्धामा पहिलो नै भइन्, अब योभन्दा माथि जित्नुपर्छ भन्ने लाग्न थालेको छ। केही गर्छु भन्ने सपना थपिएको छ।

'जितेपछि अरुको व्यवहार परिवर्तन हुने भएर आफूलाई पनि केही फेरिएँ कि जस्तो लाग्ने रहेछ। सामाजिक सञ्जालमा पछ्याउनेहरु पनि निकै बढेका छन्। तपाईंले धेरै राम्रो काम गर्नुभएको छ भनेर सन्देश पठाउनुहुन्छ,' उनले खुसी साटिन्।

उनी आफैलाई भने फेरिएको छु जस्तो लाग्दैन। नियमित काम केही फेरिएको छैन। तर उपाधि जित्दाको क्षणले भने बेलाबेला रमाइलो गरी झस्काइरहन्छ। खुसी दिन्छ। आफै हाँस्छिन्। रोमाञ्चित बन्छिन्।

बिहेपछि पनि सकिएला?
मल्लिकाको अगाडि अहिले एउटा प्रश्न छ– बिहेपछि पनि यसरी नै खेलिरहन सकिएला? 

'नेपालमा केटीहरुलाई यो खेलमा गाह्रो नै छ। साथीभाइ र परिवारको सहयोगले म यहाँसम्म आउन सकेको हुँ। अब यहाँबाट अघि पनि बढ्छु भन्ने नै छ,' उनी अलि गम्भीर देखिइन्, 'बिहे कस्तो सोचको मान्छेसँग हुन्छ, त्यसमा भर पर्ला। तर सोच नमिली बिहे पनि हुँदैन।'

समाजमा केटाहरुले गर्ने काम केटीले पनि गर्न सक्छन् भन्ने ज्ञानको विकास राम्ररी भइसकेको छ जस्तो मल्लिकालाई लाग्दैन। तर, उनी विश्वस्त छिन्– त्यो ज्ञान विस्तार गर्न आफै अगाडि नबढे सम्भव छैन।

हरेक मानिसको नजर फरक हुन्छ। सकारात्मक कामले नै गलत सोच फेरिनेमा उनी दृढ पनि छिन्।

अहिले फेरिएको उनको सुन्दरताको परिभाषामा पनि यही छ, 'सुन्दर कामले मानिसलाई सुन्दर बनाउँछ। म यस्तै सुन्दर काममा लागिरहनेछु।'

प्रकाशित मिति: शुक्रबार, साउन १०, २०७६  १७:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ऋग्वेद शर्मा
नेपाल लाइभका वरिष्ठ संवाददाता शर्मा खेलकुद, फिचर र फोटो पत्रकारितामा रुचि राख्छन्।
लेखकबाट थप
रंगशालामा ओली ‘स्टन्ट’
गोलमा कमजोर खेलाडी, जवाफमा आक्रामक प्रशिक्षक
सहरमा मान्छे हिँड्छन् पनि!
सम्बन्धित सामग्री
जनकपुरधाममा जनकपुर बोल्ट्सको ट्रफी परेड निर्माणाधिन रामजानकी बहुउदेश्यीय रंगशालाबाट निकालिएको ट्रफी परेड थापा चोक हुँदै पिडारीचोक, रामानन्दचोक, बजरंगचोक, भ्रमरपुराचोक, जिरो... शुक्रबार, पुस १२, २०८१
एनपीएल : क्रिकेट मैदानमा जमेका डाक्टर त्यसअघिको जनकपुरबिरुद्धको खेलमा उनले ‘प्लेयर अफ द म्याच’ नै भएका थिए। गत बुधबार भएको खेलमा दुई विकेट र १७ रन बनाएका पाण्डे ‘प्लेयर अ... आइतबार, पुस ७, २०८१
जसका दुवै सन्तान ‘एनपिएलका’ विजेता र उपविजेता बने ! काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा समा प्रवीनको कोखबाट जन्मिएक... आइतबार, पुस ७, २०८१
ताजा समाचारसबै
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज सोमबार, असोज ५, २०८३
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अमेरिका जानुअघि प्रधानमन्त्री बालेनसँग प्रधानसेनापति सिग्देलको भेट, के भयो कुराकानी? सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्