उन्नति र सहकार्यबीच मर्जरमा जान सहमतिपत्रमा हस्ताक्षर, पुसभित्र एकीकृत कारोबार

नेपाल लाइभ | २०७६ श्रावण १० शुक्रबार | Friday, July 26, 2019 १२:३०:०० मा प्रकाशित

काठमाडौं- उन्नति माइक्रोफाइनान्स वित्तीय संस्था र सहकार्य लघुवित्त वित्तीय संस्थाबीच एकापसमा मर्जरमा जान सहमतिपत्रमा हस्ताक्षर भएको छ।

सहमतिपत्रमा उन्नति माइक्रोफाइनान्सका सञ्चालक समिति अध्यक्ष अनिता ढुंगाना शाह र सहकार्य लघुवित्तका सञ्चालक समिति अध्यक्ष खिलराज मैनालीले हस्ताक्षर गरेका छन्। 

रुपन्देही जिल्लामा केन्द्रीय कार्यालय रहेको उन्नतिको १५ जिल्लामा आफ्नो शाखा विस्तार गरेको छ भने सर्लाहीमा केन्द्रीय कार्यालय रहेको सहकार्यले १० जिल्लामा शाखा विस्तार गरी काम गर्दै आएको छ। 

हाल उन्नतिको चुक्ता पुँजी ८ करोड ८२ लाख ७५ हजार र सहकार्यको १ करोड ४० लाख रुपैयाँ रहेको छ। उन्नतिले १:१ अनुपात र सहकार्यले १:३ को अनुपातमा यसअघि पारित गरेको हकप्रद सेयर जारी गर्नेछ। 

दुई संस्थाबीच पुसभित्र एकीकृत कारोबार हुने भएको छ। दुई संस्था मर्जरपश्चात् उन्नति सहकार्य लघुवित्तको नामबाट सञ्चालन हुनेछन्।