काठमाडौं- नेकपा एमाले र माओवादी केन्द्रका नेताहरु सम्मिलित कार्यदलले राष्ट्रियसभाको निर्वाचनमा ५६ मध्ये ४३ सिटमा साझा उम्मेदवार उठाउने निर्णय गरेको छ। बुधबार बसेको बैठकमा वाम गठबन्धनको कार्यदलले उम्मेदवारको संख्या तय गरेको हो। एमालेबाट २९ र माओवादी केन्द्रबाट १४ उम्मेदवार उठाउने निर्णय भएको कार्यदलमा एमालेका सदस्य सुवास नेम्वाङले बताए। बाँकी रहेको १३ सिट वाम गठबन्धनले अन्य दलका लागि छोड्ने भएको छ।
प्रदेशसभाको मुख्यमन्त्री, सभामुखर अन्य पदमा हुने बाँडफाँटबारे भने अर्को बैठकले तय गर्ने नेम्वाङले जानकारी दिए। एमाले संसदीय दलको कार्यलय सिंहदरवारमा बसेको कार्यदल बैठकको निर्णय अनुसार तोकिएको संख्याका आधारमा पार्टीले उम्मेदवार सिफारिस गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।