काठमाडौं– भोलिको सार्वजनिक बिदा यथावत् रहेको गृह मन्त्रालयले जनाएको छ।
तामाङ समुदायको सोनम ल्होसारको अवसरमा सरकारले बिदा दिने निर्णय गरेको हो। तिथिअनुसार ल्होसारको बिदा नमिलेको भन्दै तामाङ समुदायका केही व्यक्तिले बिदा सच्याउन माग गरेका थिए।
बिदा दिने निर्णय यथावत् रहेको गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद शर्मा दुवाडीले नेपाल लाइभलाई बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।