काठमाडौं– अदालतबाट फैसलाको पत्र आएलगत्तै डन पृष्ठभुमीका प्रदेशसभा सांसद राजीव गुरुङ(दीपक मनाङे)लाई पक्राउ गरिने प्रहरीले जनाएको छ। मनाङेको १३ वर्ष पुरानो मुद्दामा मंगलबार सर्वाेच्च अदालतले पुनरावेदन अदालतकै सजाय सदर गरेको थियो।
२०६१ सालमा राजधानीका अर्का गुन्डा नाइके चक्रे मिलन(मिलन गुरुङ)लाई खुकुरी हानेको मुद्दामा मनाङेविरुद्ध तत्कालिन पुनरावेदन अदालत पाटनले ५ वर्ष कैदको सजाय सुनाएको थियो। सोही उक्त मुद्दामा उनी २ वर्ष मात्र जेल बसेका थिए। उनी अब थप ३ वर्ष जेल बस्नुपर्ने हुन्छ।
अदालतबाट फैसलाको प्राप्त गरेलगत्तै मनाङेलाई पक्राउ गरिने महानगरीय प्रहरी आयुक्त एआईजी जय बहादुर चन्दले बताए। ‘फैसलाको पत्र पाएपछि हामी उनलाई पक्राउ गर्छाै’ चन्दले भने,‘अदालतको फैसला कार्यान्वायन हाम्रो जिम्मेवारी हो।’
कति वर्ष जेल बस्नुपर्छ ?
ज्यान मार्ने उद्योग मुद्दामा उनको ३ वर्ष कैद सजाय ‘बेरुजु’ छ। कारागार व्यवस्था नियमावलीअनुसार फैसलाको ३५ दिनभित्र आफैं अदालतमा उपस्थित भएमा २० प्रतिशत कैद सजाय मिनाहा हुन्छ। जसअनुसार उनले ५ महिना कैद छुट पाउँछन्। असल चालचलन भएको हकमा ४० प्रतिशत कैद भुक्तान गरेपछि बाँकी कैद माफि हुने प्रावधान छ। जून प्रावधानले मनाङे एक वर्ष जेल बसेपछि छुट्न सक्छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।