काठमाडौं– अवैध रुपमा ड्रोन उडाएको आरोपमा काठमाडौंमा एक भारतीय युवक पक्राउ परेका छन्।
बुढानिलकण्ठ नगरपालिका–३ डेरा गरी बस्दै आएका भारत सिक्किमका २० वर्षीय टोप्तेन लामालाई घरको छतबाट ड्रोन उडाइरहेको अवस्थामा ड्रोन र रिमोट सहित मंगलबार प्रहरीले पक्राउ गरेको हो।
उक्त ड्रोन दरबारमार्गस्थित राईजिङ मलबाट मनोरञ्जनको लागि लिएको सोधपुछमा उनले बताएका छन्।
जिल्ला प्रशासन कार्यालयबाट अनुमती नलिइकन ड्रोन उडाउन पाइन्न। सुरक्षा र व्यक्तिको गोपनियताको संरक्षणका लागि सरकारले ड्रोन उडाउन कडाई गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।