काठमाडौं- प्रदेश प्रमुख र प्रदेशको अस्थायी राजधानी तोक्नका लागि बिहानदेखि बसेको मन्त्रिपरिषद् बैठक स्थगित भएको छ।
प्रदेश प्रमुखका लागि वाम गठबन्धनबाहेक अन्य दलहरुले गरेको प्रस्तावमाथि छलफल भए पनि कुनै निर्णय नभई बैठक स्थगित भएको हो। अब फेरि दिउँसो ३ बजे बैठक बस्ने सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।