• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक ७, २०८३ Sat, Oct 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

दीपक मनाङेविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा सर्वोच्चमा पुनरावेदन हुँदै

64x64
नेपाल लाइभ बुधबार, माघ ३, २०७४  ०८:४७
1140x725

काठमाडौं- मनाङबाट प्रदेशसभामा निर्वाचित सांसद राजीव गुरुङ (दीपक मनाङे) माथि सरकारले सर्वोच्च अदालतमा पुनरावेदन गर्ने भएको छ। गैरकानुनी सम्पत्ति आर्जन गरी शुद्धीकरण गरेको अभियोगमा विशेष अदालतबाट सफाइ पाएका उनीमाथि पुनरावेदन हुने भएको हो।

अस्वाभाविक सम्पत्ति देखिएको तर विशेष अदालतले ठहर नगरेकाले उनीविरुद्ध पुनरावेदन गर्ने निर्णयमा सरकार पुगेको महान्यायाधीवक्ता कार्यालयका प्रवक्ता सञ्जीवराज रेग्मीले बताए। 

केन्द्रीय प्रहरी अनुसन्धान ब्युरो (सिआइबी) र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुसन्धानमा मनाङेको नाममा १४ करोडभन्दा बढीको सम्पत्ति देखिए पनि विशेषले सफाइ दिएको थियो।

ज्यान मुद्दामा तत्कालीन पुनरावेदन अदालत पाटनको फैसला सदर हुने निर्णय सर्वोच्चले मंगलबार मात्रै गरेको छ। यही समयमा मनाङेमाथि अर्को मुद्दा थपिन लागेको हो। 

विशेष अदालतको फैसलाको पूर्णपाठ प्राप्त भएको र केही दिनमै पुनरावेदन दर्ता हुने प्रवक्ता रेग्मीले नेपाल लाइभलाई बताए। ठूलो सम्पत्तिको स्रोत नखुलेको अवस्थामा विशेषको निर्णय त्रुटिपूर्ण भएकाले उल्टी हुनुपर्ने सरकारको दाबी हुने उनको भनाइ छ। 

मनाङेले विशेष अदालतबाट भदौ ५ गते सम्पत्ति शुद्धीकरणको मुद्दाबाट सफाइ पाएका थिए। एकै दिन मुद्दा खेपेका अन्य ४ जना गुन्डा नाइकेहरुको अन्तिम सुनुवाइ चलिरहेको छ। 

कुनै समय काठमाडौंलाई आधार क्षेत्र बनाएर आपराधिक क्रियाकलापमा संलग्न हुँदै राजनीतिमा अवतरण गरेका मनाङे मनाङको प्रदेश ‘क’ बाट सांसद बनिसकेका छन्। 

अर्थ मन्त्रालय मातहत रहेको सम्पत्ति शुद्धीकरण विभागले ५ जना गुन्डा नाइकेको सम्पत्तिबारे अनुसन्धान गर्दै २०७० जेठ ५ मा विशेष अदालतमा मुद्दा दायर गरेको थियो। गुन्डा नाइकेहरुको अवैध सम्पत्तिबारे अनुसन्धान गर्न र मुद्दा अदालतसम्म पुर्‍याउन ४ वर्ष लागेको थियो।  

Ncell 2
Ncell 2
nimb
nimb

आपराधिक गतिविधि गरेर अकूत सम्पत्ति आर्जन गरेको मुद्दामा मनाङेको सम्पत्ति भने विभागले गरेको दाबी अनुसार नभएको ठहर विशेष अदालतले गरेको थियो। विशेषले त्यसबेला उनीसँगै श्रीमती पासाङ डोमा गुरुङलाई समेत सफाइ दियो।

अभियोगपत्रमा मनाङेकी श्रीमतीका नाममा काठमाडौंमा करिब ३ रोपनी जग्गा र घर तथा नुवाकोटमा ७७ रोपनी १३ आना जग्गा रहेको, मनाङेको नाममा गोसाइँकुण्ड क्रसर, ओम मल्टिपर्पोज, इच्छामाई र वेस्ट पोइन्ट ढुंगारोडामा गरी करिब ५० लाख शेयर लगानी दाबी गरिएको थियो। मनाङेका यी सबै लगानी आपराधिक गतिविधिबाट आर्जन गरेको दाबी आरोपपत्रमा गरिए पनि विशेषले त्यसलाई मान्यता नदिई फैसला सुनाएको थियो।

विशेषले मनाङेको सम्पत्ति शुद्धीकरणमा फैसला सुनाउँदै ‘आरोप दाबी सप्रमाण पुष्टि हुन नसकेकाले प्रतिवादीले आरोप दाबीबाट सफाइ पाउने’ भनेको थियो।

अन्य चार गुन्डा नाइकेको मुद्दा फैसलाको तयारीमा 
मनाङेसँगै सम्पत्ति शुद्धीकरणको मुद्दा खेपेका गणेश लामा, पर्शुराम बस्नेत, अभिषेक गिरी र चक्रे मिलनको मुद्दा फैसलाको तयारीमा छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

विभागसँगको समन्वयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले सबैको सम्पत्ति विवरणको अनुसन्धान गरेको थियो। 

कुनै समय मनाङेकै सहयात्री रहेका र पछि परस्पर दुस्मन बनेका चक्रे मिलनको अन्तिम सुनुवाइ पुस ४ गतेदेखि सुरु भएको छ। उनको मुद्दा न्यायाधीशहरु द्वारिकामान जोशी, चण्डीराज ढकाल र नारायणप्रसाद पोखरेलको इजलासमा छ। अन्य अभियुक्तहरुको मुद्दाको अन्तिम सुनुवाइ सुरु भएको विशेष अदालतका रजिष्ट्रार भीमप्रसाद श्रेष्ठले बताए।  

‘१–२ महिनाभित्र चारै अभियुक्तको मुद्दा फैसला हुने पाइपलाइनमा छन्,’ रजिष्ट्रार श्रेष्ठले भने, ‘सबै प्रतिवादीहरुको मुद्दा अंग पुगेर अन्तिम बहससमेत सुरु भएको छ र केहीमा सुनुवाई समाप्त गर्दै अध्ययनको क्रममा छन्।’ न्यायाधीशले फैसलाका लागि बहस नोट माग्ने क्रम र अध्ययन गर्ने कार्य गरिरहेको श्रेष्ठले बताए। 

विभाग र ब्युरोको संयुक्त अनुसन्धानमा गणेश लामाको सम्पत्तिको लामो फेहरिस्त देखिएको थियो। लामा र उनको परिवारका नाममा विभिन्न कम्पनी, पेट्रोल पम्प र जग्गामा प्रशस्त लगानी रहेको देखिएको थियो।

लामाको नाममा काठमाडौं, भक्तपुर र ललितपुरमा २ सय ५ रोपनी जग्गाका साथै २७ करोड अवैध सम्पत्ति रहेको दाबी गरिएको थियो।

यस्तै, पर्शुराम बस्नेतका सहयोगी मुकेश बस्नेतको नाममा मोरङमा ४२ रोपनी जग्गा, तीन वटा गाडी, एडजोन एडभर्टाइजिङ, पिआर हार्डवेयर, बगलामुखी बिल्डर्स, गजलक्ष्मी ट्रेड, मेरो ट्राभल्स, वेलकम पार्टी प्यालेस र टेकेन्द्र निर्माण सेवा लगायतमा लगानीसहित ११ करोड अवैध सम्पत्ति रहेको अभियोग छ।

चक्रे मिलनको नाममा काठमाडौंमा ७ आना जग्गा र उनको परिवारका नाममा काठमाडौं र गोरखामा करिब ३० रोपनी जग्गा गरी ७ करोड र अर्का गुन्डा नाइके गिरीको नाममा २ करोड ९४ लाखको अवैध सम्पत्ति रहेको दाबी गरिएको थियो।

सम्बन्धित समाचार
- ज्यान मुद्दामा दीपक मनाङेलाई ५ वर्षको जेल सजाय, ३ वर्ष जेल बस्नुपर्ने
- मनाङे भन्छन्- सर्वोच्चको फैसलाले अचम्ममा परेँ 
- सर्वोच्चको आदेशपछि के हुन्छ मनाङेको सांसद पद?
- चक्रेको हात छिनाएको घटनाले मनाङेको सांसद पद धरापमा 

प्रकाशित मिति: बुधबार, माघ ३, २०७४  ०८:४७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बाढी र पहिरोका कारण विभिन्न सडक खण्ड अवरुद्ध
आजदेखि नेकपाको राष्ट्रिय जागरण अभियान, प्रचण्ड र माधव नेपालले उद्घाटन गर्ने
रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
बाढी र पहिरोका कारण विभिन्न सडक खण्ड अवरुद्ध शनिबार, कात्तिक ७, २०८३
आजदेखि नेकपाको राष्ट्रिय जागरण अभियान, प्रचण्ड र माधव नेपालले उद्घाटन गर्ने शनिबार, कात्तिक ७, २०८३
रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु शनिबार, कात्तिक ७, २०८३
कस्तो छ आजको मौसम? शनिबार, कात्तिक ७, २०८३
ट्रम्पको चेतावनी : इरानमाथि फेरि सैन्य आक्रमण हुन सक्छ शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश शुक्रबार, कात्तिक ६, २०८३
चक्रवातको प्रभावले नेपालमा झरीको सम्भावना, धान नभित्र्याउन मौसमविद्को सुझाव शुक्रबार, कात्तिक ६, २०८३
भारत भ्रमणले राजनीतिक सरगर्मी बढाएसँगै रविको स्पष्टोक्ति– जेलमा रहँदाको भाकल पूरा गर्न जाँदैछु शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्