काठमाडौं- सशस्त्र प्रहरी बलमा ५ एआईजीको बढुवा प्रक्रिया सुरु भएको छ।
बलले मंगलबार सूचना जारी गरी बढुवाका आकांक्षीहरुसँग तीन दिन भित्र निवेदन पेश गर्न निर्देशन दिएको छ।
गत शुक्रबारको मन्त्रीपरिषद्को बैठकले एआईजी दरबन्दी थप्ने निर्णय गरेको थियो। प्रदेशमा एआईजीहरुलाई खटाउन दरबन्दी थप गरिएको हो।
सशस्त्रमा बाबुराम पाण्डे, सुरज श्रेष्ठ, राजेश श्रेष्ठ, सुबोध अधिकारी लगायत एआईजी बढुवाको प्रमुख दाबेदार छन्।
सबैको आवेदन आएपछि गृहसचिव अध्यक्षताको बढुवा समितिले बढुवाको सिफारीस गर्ने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।