काठमाडौं– नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षत्री श्रीलङ्का भ्रमणका जाने भएका छन्।
श्रीलङकाका सेना प्रमुखको निमन्त्रणामा बुधबार उनी त्यसतर्फ जान लागेका हुन्।
भ्रमणको दौरान उनले श्रीलङ्काका राष्ट्रपति, प्रधानमन्त्री, रक्षा राज्यमन्त्रीलगायत स्थल, जल तथा हवाई सेना प्रमुखसँग भेटघाट गर्नुहुने कार्यक्रम रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।
उनको अनुपस्थितीमा बलाधिकृत रथी पूर्णचन्द्र थापाले कायम मुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्ने छन्। प्रधानसेनापति क्षत्री मिति ११ गते स्वदेश फर्कने कार्यक्रम छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।