• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक १०, २०८३ Tue, Oct 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

घटे नेपाल आउने विदेशी कामदार, ११ सयको श्रम स्वीकृति

64x64
नेपाल लाइभ बुधबार, साउन ८, २०७६  २०:४४
1140x725

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा चिनियाँ कामदार। तस्बिर : कृष्ण चापागाई/ हिमाल खबर


काठमाडौं- विदेशी कामदार पनि नेपालमा आएर श्रम गर्ने गरेका छन्। अघिल्ला केही वर्षका तुलनामा आर्थिक वर्ष २०७५/७६ मा नेपालमा श्रम स्वीकृति लिएर काम गर्ने विदेशी कामदारको संख्या घटेको छ।  

आर्थिक वर्ष २०७५/०७६ मा १ हजार १ सय १९ जना विदेशी कामदारले श्रम स्वीकृति लिएका छन्। आर्थिक वर्ष २०७३/०७४ मा १ हजार २ सय विदेशी कामदारले श्रम स्वीकृति लिएका थिए। सो संख्या बढेर २०७४/०७५ मा १६ सय पुगेको थियो। 

तर यो वर्ष अघिल्ला दुई आर्थिक वर्षका तुलनामा सबैभन्दा कम भएको छ। 

पुनः श्रम स्वीकृति लिएर नेपालमा काम गर्ने विदेशी कामदारको संख्या भने बढी रहेको छ। 

सम्पन्न भई नसकेका पुरानै आयोजनामा काम गरिरहेका विदेशी कामदारले पुनः श्रम स्वीकृति लिएर काम गरिरहेको विभागले जनाएको छ। 

आर्थिक वर्ष २०७५/०७६ मा ६० हजारभन्दा बढी विदेशी कामदारले पुनः श्रम स्वीकृति लिएर नेपालमा काम गरिरहेको विभागको तथ्यांकमा उल्लेख छ। 

श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका महानिर्देशक लालमणि ओझाले पछिल्लो समय नेपालमा विदेशी लगानी घटेसँगै विदेशी कामदारको संख्या पनि घटेको बताए। 

Ncell 2
Ncell 2
nimb
nimb

‘नेपालका योजनामा विदेशी लगानी हुँदा विदेशी कामदार पनि ती योजनामा काम गर्न आउँछन्, पछिल्लो समय खासै ठूलाठूला योजनाका काम भइरहेका छैनन्। त्यसैले श्रम स्वीकृति लिएर यहाँ काम गर्ने विदेशी कामदारको संख्या घटेको हो,’उनले भने। 

प्राविधिक कामका लागि विदेशी कामदार
नेपालमा दक्ष जनशक्तिको अभाव छ। ठूला ठूला आयोजना र प्राविधिक काम सम्पन्न गर्न आबश्क पर्ने दक्ष जनशक्ति नेपालमा भेटिँदैन। 

देशमा आवश्यक जनशक्ति नहुँदा विदेशी कामदार ल्याएर आयोजना सम्पन्न गर्नुपर्ने अवस्था छ।
 
ठूलाठूला सडक, सुरुङ मार्ग, विद्युत आयोजना, लगायत निमार्ण, होटल, व्यवसाय, रेस्टुरेन्ट, स्वास्थ्य क्षेत्र लगायत कामका लागि नेपालमा विदेशी कामदार आउने गरेका छन्। 

चिकित्सक, इन्जिनियर, प्राविधिक, व्यवस्थापक, आयोजनामा आउने विज्ञ लगायत लेवर कामका लागि समेत विदेशी कामदारहरु नेपाल आउने गरेको विभागले बताएको छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

नेपालमा आवश्यक जनशक्ति नभएकै कारण विदेशी कामदार ल्याउनुपर्ने बाध्यता रहेको महानिर्देशक ओझाको भनाइ छ। 

नेपालमा रोजगारीका लागि भारत, चीन, जापान, बंगलादेश, नर्वे, क्यानडा, दक्षिण कोरिया लगायत ६० भन्दा बढी मुलुकबाट कामदार आउने गरेका छन्। 

कति तिर्छन् राजश्व?
रोजगारीका लागि नेपाल आउने विदेशी कामदारहरुले श्रम स्वीकृति लिँदा श्रम नियमावली २०७५ को नियम ९ बमोजिम लागत दस्तुर तिर्नुपर्ने हुन्छ। 

नेपालमा आएर ६ महिनाको अवधिसम्म काम गर्ने विदेशी कामदारले प्रतिकामदार १५ हजार दस्तुर बुझाउनु पर्छ। 

६ महिनाभन्दा बढी काम गर्ने विदेशी कामदारले प्रतिकामदार २० हजार रकम बुझाउनु पर्दछ। सबै देशका नागरिकलाई समान व्यवहार गरी श्रम स्वीकृति शुल्कको निर्धारण गरिएको विभागले बताएको छ। 

अन्य विभिन्न मुलुकका कामदारले नेपालमा श्रम स्वीकृति लिएर काम गरेपनि भारतीय कामदार भने श्रम स्वीकृति बिना नै नेपालमा काम गरिरहेका छन्। 

अन्य मुलुकको तुलनामा भारतबाट रोजगारीका लागि नेपाल आउने कामदारको संख्या ठूलो छ। भारतबाट पनि ब्यापार व्यवसाय, लेबर कामदेखि डाक्टर, इन्जिनियर लगायतका प्राविधिक कामका लागि समेत कामदार आउने गरेका छन्।

नेपालमा दक्ष कामदारको अभाव हुँदा विदेशी कामदार ल्याउनु परेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दाबी गर्दै आएको छ। 

प्रकाशित मिति: बुधबार, साउन ८, २०७६  २०:४४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आजको लागि तोकियो विदेशी मुद्राको विनिमयदर
विराटनगर–चितवन र जनकपुर–कर्णाली भिड्दै
खेलकुदमन्त्री भन्छन्- एनपीएल खेल पर्यटन र पहिचान बढाउने बलियो आधार
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
आजको लागि तोकियो विदेशी मुद्राको विनिमयदर मंगलबार, कात्तिक १०, २०८३
विराटनगर–चितवन र जनकपुर–कर्णाली भिड्दै मंगलबार, कात्तिक १०, २०८३
खेलकुदमन्त्री भन्छन्- एनपीएल खेल पर्यटन र पहिचान बढाउने बलियो आधार मंगलबार, कात्तिक १०, २०८३
संसदमा ३६ विधेयक विचाराधीन, अधिवेशन अन्त्यपछि थपिए नयाँ ६ विधेयक सोमबार, कात्तिक ९, २०८३
मलेसियालाई सरकारको प्नस्ताव : श्रमिक भर्ना प्रक्रियाबारे नेपाल–मलेसिया संयुक्त कार्यदलको बैठक काठमाडौंमा गराै सोमबार, कात्तिक ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
गुल्मीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु सोमबार, कात्तिक ९, २०८३
चक्रवात ‘अर्नब’ शक्तिशाली हुने भन्दै तीन दिन उच्च सतर्कता अपनाउन सरकारको आग्रह सोमबार, कात्तिक ९, २०८३
आज मौसम सफा रहने, बिहीबारदेखि हिमपात र वर्षाको सम्भावना सोमबार, कात्तिक ९, २०८३
कच्चा तेलको मूल्य प्रतिब्यारेल ११५ डलर पुग्यो: नेपालमा महँगी बढ्ने जोखिम सोमबार, कात्तिक ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्