काठमाडौं– नक्कली कागजपत्रका आधारमा लाइसेन्स जारी गर्ने यातायात व्यवस्था कार्यालयका दुई कर्मचारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार मुद्दा दायर गरेको छ।
यातायात व्यवस्था कार्यालय सुकेधाराका नासु यादब पौडेल र खरिदार सुमन प्रोखेलविरुद्ध आयोगले मुद्दा दायर गरेको हो।
उनीहरुलाई आयोगको टोलीले ३२ हजार रुपैयाँ घुससहित गत महिना पक्राउ गरेको थियो। उनीहरुले बिदेशी लाइसेन्स नेपालीकरण नाममा नक्कली कागजपत्रका आधारमा लाइसेन्स बिक्रि गर्दै आएका थिए।
सोही प्रकरणमा यातायात व्यवस्था कार्यालय सुकेधाराका दुई सिनियर कर्मचारीलाई समेत अख्तियारले पक्राउ गरिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।